लेखनाथ, ९ बैसाख । पोखरा महानगरपालिका–२७, को खोलाकोडी स्थित श्री सिद्धेश्वर क्षेत्र सुधार समितिले सामूहिक पितृकार्य कार्यक्रमको आयोजना गर्ने भएको छ । समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित गर्दै यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बुधवार पत्रकार सम्मेलन मार्फत जनाएको हो । समितिका सचिव शेखरनाथ लामिछानेका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य सामूहिक रूपमा पितृकार्य सम्पन्न गर्नुका साथै स्थानीय धार्मिक क्षेत्रहरूको संरक्षण र प्रचार–प्रसारमा टेवा पु¥याउनु रहेको छ। पछिल्लो समय परम्परागत संस्कारहरू क्रमशः हराउँदै गएको सन्दर्भमा सामूहिक रूपमा यस्ता धार्मिक क्रियाकलाप सञ्चालन गर्दा सामाजिक एकता, सहकार्य र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन विन्ध्यवासिनी, केदारेश्वर, कुपुटार, पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक स्थलहरू तथा कालिका भगवती मन्दिर,खास्टेताल बराही मन्दिर र चन्द्रकालिका मन्दिरसँग समन्वय गरिएको समितिले जनाएको छ। विभिन्न धार्मिक संस्थासँगको सहकार्यले कार्यक्रमलाई अझ व्यवस्थत, मर्यादित र व्यवहारीक बनाउने अपेक्षा गरिएको छ।

समितिले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अपील गर्दै आफ्नो समय, आर्थिक, नैतिक तथा भौतिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ। यस्ता धार्मिक तथा सामाजिक कार्यमा समुदायको व्यापक सहभागिताले मात्र यसको उद्देश्य सफल हुने समितिको धारणा रहेको छ।

कार्यक्रम अनुसार २०८३ साल बैशाख १२ गते शुक्रबार बिहान ७ः०० बजे कलश यात्रा सञ्चालन गरिने छ भने सोही दिन बेलुका ५ः०० बजे लाखबत्ती प्रज्वलन कार्यक्रम गरिनेछ। त्यसपछि २०८३ बैशाख १३ गते साप्ताहिक एकादशी विशेष कार्यक्रम आयोजना गरिनेछ ।

प्रचार–प्रसार संयोजक शिव प्रसाद भण्डारीका अनुसार यस किसिमको सामूहिक पितृकार्य कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा व्यस्त जीवनशैली भएका परिवारहरूलाई ठूलो राहत प्रदान गर्नेछ। उनले धार्मिक परम्पराको संरक्षणसँगै सामाजिक सहकार्य र सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

त्यस्तै, कार्यक्रम संयोजक तथा मूल पुजारी नन्दलाल पौडेलले धार्मिक आस्था र परम्पराको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै भक्तजनलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन्। कार्यक्रमा लेखनाथ पत्रका मन्चका अध्यक्ष विष्णुहरी पौडेल, समितिका अध्यक्ष घननाथ पौडेल लगायतले कार्यक्रम माथि पकाश पारेका थिए ।

स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवद्र्धन, सामाजिक एकता सुदृढीकरण तथा सांस्कृतिक संरक्षणलाई समेत टेवा पु¥याउने अपेक्षासहित आयोजना गरिएको यस कार्यक्रमले पोखरा–२६ र २७ क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा थप परिचित बनाउने विश्वास लिइएको छ ।

वि स २०६४ सालमा स्थानिय धननाथ पौडेल,स्व.नन्दलाल राईभाट,ज्ञानेन्द्र अधिकारी,गोविन्द अधिकारी र नन्दलाल पौडेलको सक्रितामा स्थापना भएको मन्दिरलाई ब्यवसस्थीत र प्रभावकारी वनाउनका लागि पनि यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने अपेच्क्षा गरिएको छ ।

दुई दिनसम्म चल्ने धार्मीक कार्यमा दिव्यदशर्न वाचक शिरोमणि पण्डित दिपक सापकोटाको मुखराविन्दुवाट प्रवचन हुने कार्यक्रम समेत रहेको छ ।