पोखरामा उत्तरपुस्तिका परीक्षक तथा सम परीक्षक सम्बन्धि अभिमुखीकरण सम्पन्न

  • ख-
  • ख+

पोखरा, १५ असार । कक्षा १२ उत्तरपुस्तिका परीक्षक तथा सम परीक्षकको लागि अभिमुखीकरण कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड , प्रदेश परीक्षा व्यवस्थापन कार्यलय गण्डकी प्रदेशको आयोजनामा पोखराको जनप्रिया बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।माहाश्रम शर्माले अनलाइन प्रविधको माध्यमबाट बोल्दै उत्तरपुस्तीका परीक्षण कार्य राष्ट्र, शिक्षक , विद्यार्थीहरु, राष्ट्रिय परीक्षा बोर्ड लगाएत सरोकारवाला सम्पूर्णको प्रतिष्ठाको विषय भएको बताए । अध्यक्ष शर्माले उत्तर कुञ्जिका र मार्किङ स्किमको आधारमा गम्भिर भएर उत्तरपुस्तिका परिक्षण गर्न सबै शिक्षकहरुलाई आग्रह गरे ।


परीक्षा बोर्ड, परीक्षक कसैको पनि कमिकम्जोरीका कारण विद्यार्थीहरुमा मार पर्न हुन नहुने कुरामा राष्ट्रिय परीक्षा बोर्ड सजग रहेको बताउँदै अभिमुखिकरण कार्यक्रममा दिइएका निति निर्देशन बमोजिम उत्तरपुस्तिका परिक्षण गर्नुपर्ने कुरामा अध्यक्ष शर्माले जोड दिए । उत्तरपुस्तिका परिक्षणमा शुन्य फरक आउने गरी परीक्षण गर्न शिक्षकहरुलाई आगह गर्दै विषयगत शिक्षकहरुले उत्तरकुञ्जिका र मार्किङ स्किमका बारेमा छलफल गरी एक रुपता कायम गरी उत्तरपुस्तिका परिक्षण गर्न निर्देशन दिए ।
यसै गरी राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले परीक्षा विद्यार्थीहरुको मूल्याङ्कनको महत्वपूर्ण तत्व भएको बताउँदै उत्तर कुञ्जिका, प्रश्नपत्र र मार्किङ स्किमलाई राम्रोसँग अध्ययन गरी उत्तरपुस्तिका परिक्षण गर्न सुझाब दिए ।
सोही कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्यले उत्तरपुस्तिका परिक्षण कार्य शिक्षकहरुले आफूलाई सुधार गर्न सक्ने अबसर भएको बताउँदै गम्भिएर भएर उत्तरपुस्तिका परिक्षण गर्न आग्रह गरे ।


यसै गरी राष्ट्रिय परीक्षा बोर्डका सदस्य एवम् सहजकर्ता प्राध्यापक डा।प्रकाशमान श्रेष्ठले अनलाइन प्रविधिको माध्यमबाट सहजकरण गर्दै गुणस्तरीय शिक्षको सुरुवात परीक्षाबाट हुने बताए । विद्यार्थीले परीक्षामा प्राप्त गरेको उपलब्धि नै गुणस्तरीय शिक्षाको मापन हुने बताउँदै गुणस्तरीय शिक्षा, परीक्षा सञ्चालन गर्नुपूर्व गर्नुपर्ने योजनाहरु, गुणस्तरीय शिक्षालाई निर्धारण गर्ने तत्वहरु, विद्यार्थीले प्राप्त गरेका स्कोरलाई विश्वसनिय बनाउने उपकरणहरु, उत्तरकुञ्जिका, परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा स्कोर प्रदान गर्ने तरीका लगाएतका विविध विषयमा सहजीकरण गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यलय गण्डकी प्रदेशका निर्देशक विष्णु नारायण श्रेष्ठले विगतमा परीक्षकबाट भएका कमीकम्जोरीका बारेमा सजग गराउँदै परीक्षकले आफ्नै मौलिक रुपमा उत्तरपुस्तिका परिक्षण गर्न नहुने कुरामा जोड दिए । उत्तर कुञ्जिका र मार्किङ स्किमका आधारमा अभिमुखिकरण कार्यक्रमबाट प्राप्त भएको ज्ञानलाई शिक्षकहरुबाट उत्तरपुस्तिका परीक्षणमा प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गरी जनप्रिय बहुमुखी क्याम्सका प्रमुख कृष्ण बाबु बराल , सहभागीहरुको तर्फबाट सिद्धार्थ मा।वि।फेदीखोलाका शिक्षक रमेश पन्तले आ–आफ्नो धारणा व्यक्त गरेका थिए भने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यलय गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन प्रदेश परीक्षा व्यवस्थापन कार्यालय,गण्डकी प्रदेशका उप९निर्देशक लक्ष्मण देवकोटाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्