हिस्टुन गण्डकी प्रदेशका विस्तारित बैठक सम्पन्न

  • ख-
  • ख+

३० असार, पोखरा । माध्यमिक विद्यालय शिक्षक युनियन , नेपाल हिस्टुन गण्डकी प्रदेशको विस्तारित बैठक बिहिबार सम्पन्न भएको छ । अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको विस्तारित बैठकमा हिस्टुन केन्द्रिय अध्यक्ष दिपक राज सुवेदीले संगठन बैधानिक रुपमा दर्ता भएको जानकारी दिंदै संगठनलाई आर्थिक रुपमा बलियो बनाउन संगठन योजनाबद्ध रुपमा लागेको बताए ।
साविक उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुको न्यायिक तथा उचित व्यवस्थापन र स्थायित्वका सवालमा शिक्षा ऐनमा राखिनुपर्नेमा जोड दिएको कुरा उनले बताए । संगठनका मागका बारेमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको र निकायबाट सकारात्मक रुपले लिएको कुराको जानकारी गराएका थिए । पेशागत हकहितका ऐजण्डालाई स्थापित गराउन संगठनको जगलाई बलियो बनाउन आग्रह गर्दै केन्द्र सोही अनुसार संगठन लडिरहने उनले प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी हिस्टुनका महासचिव टिका न्यौपानेले शिक्षकहरुको पेशागत सुरक्षाको लागि हिस्टुन लडिरहेको बताउँदै हिस्टुनलाई सम्बुद्ध संगठन बनाउनुपर्नेमा जोड दिए । आंशिक रुपमा शिक्षण गरेका शिक्षकहरुलाई पदस्थापना गर्नुपर्ने संगठनको माग रहेको उनले बताए । गुणस्तरीय शिक्षालाई कत्ति पनि फरक नपर्ने गरी आगामी दिनमा शान्तिपूर्वक आन्दोलन गरी संगठनका मागलाई स्थापित गर्न स्थायिन तह देखि केन्द्रसम्म सबै एकजुट भएर लाग्नुपर्नेमा न्यौपानेले जोड दिए ।
म्याग्दी जिल्लाका अध्यक्ष एवम् केन्द्रिय सदस्य कवि राम थापा, बाग्लुङ जिल्लाका डिल्लिराज उपाध्याय, पर्वत जिल्लाका महेन्द्र पौडेल, कास्की जिल्लाका अध्यक्ष चक्रपाणि सुवेदी, श्याङ्जा जिल्लाका प्रतिनिधि एवम् केन्द्रिय सचिव खगेन्द्र पौडेल, तनहुँ जिल्लाका दिपक पन्त, लमजुङ जिल्लाका अध्यक्ष अमृत सुवेदी, गोरखा जिल्लाका अध्यक्ष मदन अमगाई, नवलपुर जिल्लाका सचिव इश्वरबन्धु अर्याल लगाएतले जिल्लागत रुपमा प्रतिवेदन प्रस्तुत गर्दै पेशागत हकहितका एजेण्डाहरुलाई स्थापित गराउन सबैजना आ–आफ्ना स्थानबाट अग्रणी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै केन्द्रिय निर्देशन अनुसार जिल्लामा संगठनलाई क्रियासिल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष एवम् केन्द्रिय सह अध्यक्ष शंकर तिवारीले बैठकका एजेण्डाका बारेमा जानकारी दिंदै तिवारीले बैठकको अन्तमा प्रत्येक जिल्लामा भदौ १४ सम्म संगठन विस्तारलाई अगाडि बढाउने , सम्बन्धि जिल्लाका सरोकारवालहरुसँग समन्वय गरी सदस्यता नविकरण गर्ने र केन्द्रको परिपत्रलाई कार्यन्वयन गर्ने लगाएतका निर्णयहरुको बारेमा जानकारी दिएका थिए । गण्डकी प्रदेशका कोषाध्यक्ष गुणराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन हिस्टुन गण्डकी प्रदेशका सचिव एवम् केन्द्रिय सदस्य सुरज मोहन पोख्रेलले गरेका थिए भने बैठक गण्डकी प्रदेशका अध्यक्ष एवम् केन्द्रिय सह अध्यक्ष शेकर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्