काठमाडौं। संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन लगती नै नवनियुक्त प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शपथ लिएसँगै सर्वोच्च अदालतमा आजै पुगेर उनले कार्यभार समेत सम्हाल्ने तयारी गरेका छन्।