स्थापना दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा बृक्षारोपण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।

पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगत कास्की जिल्लाको दुई ठाउमा बृक्षारोपण गरिएको हो । प्रथम स्थापना दिवसलाई साता ब्यापी रुपमा मनाउने कार्यक्रम अन्तरगत पहिलो दिन पोखरा १८ को जामुने वोट स्थीत बिभुती सहिद पार्क र पोखरा २७ को कवि शिरोमणि लेखनाथ पौडेललको जन्मस्थल अर्घौ अर्चेलेमा बृक्षारोपण गरिएको हो ।

रास्वपाले अगाडी सारेको मिसन २०८४ को अभियानलाई सहयोग पुग्ने र पार्टीले अंगिकार गरेको निती तथा सिद्धान्तका बारेमा जनस्तरसम्म जानकारी गराउने उद्धेश्यले बृक्षारोपणको कार्यक्रमलाई अगाडी सारिएको हो ।

यसैबिच पोखरा १८ को कार्यक्रममा क्षेत्रिय सदस्य योगराज पौडेल र महानगर संयोजक नारायण आचार्य लगायतले अगामी दिनमा गरिने काम र योजनाका बारेमा जानकारी गराएका थिए ।

यता पोखरा २७ को अर्चले फेदीमा राखिएको कार्यक्रममा ८३ वार्षिय सोभाकर घिमिरेले विरुवा रोपेर सुरु भएको कार्यक्रममा केन्द्रिय प्रशिक्षण विभागका प्रमुख माधव प्रसाद कडेल,जिल्ला संयोजक राजु राई,रास्वपा वडा नं २६ का सभापति वैकुण्ठ बराल र सचिव विष्णु सापकोटाले जसरी नयाँ विरुवा लगाएर पुराना विरुवालाई विस्थापित गरिन्छ त्यसैगरि पुरानो विचार र सिद्धान्त भएकाले देश विकासमा चासो नदेखाएकाले अवका दिनमा युवाको नेतृत्वमा देश विकासको अभियानलाई अगाडी वढाईएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्