अर्घौ कृषि सहकारीको स्वास्थ्य सिविर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २ असार । पोखरा महानगरपालिका वडा नं.२६ को अर्घौचोकमा रहेको अर्घौ कृर्षि सहकारी सस्थाले राखेको स्वास्थ्य सिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् ।

सहकारीले प्रतिपादन गर्नु पर्ने सामाजिक उत्तरदायित्व अन्तरगत सनिवार राखेको सिविरमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर र अन्यहरुका लागि सुगर प्रसरको परिक्षण गरिएको थियो ।

अर्घौ कृर्षि सहकारीको आयोजना र स्थानिय सृजनसिल टोल विकास सस्था र सृजनशिल महिला समुहको सहकार्य एवंम संक्रामक तथा सरुवारोग अस्पतालको प्राविधिक सहयोगमा विरामीको स्वास्थ्य परिक्षण तथा रोग निवारणका उपायहरुका बारेमा सचेतना समेत गराईएको थियो ।

९३ वर्षिय डम्वी कला आचार्यको स्वास्थ्य परिक्षण गरि सुरु भएको सिविरमा ९८ जना महिलाहरुका पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परिक्षण गरिएको हो । सिविरमा संक्रामक तथा सरुवारोग अस्पतालका डा.सन्दिप ओझा,डा.सञ्जय सापकोटा,डा.बिवेक कडेल,सिनियर नर्स नम्रता वास्तोला, तुलसी पौडेल, सुनिल रेग्मी, कृष्मा गिरि, कृशा शाक्य र सुजाता राजभाटको सहयोग रहेको थियो।
यसैगरि कार्यक्रममा विरामीहरुका लागि निःशुल्क औषधी वितरणमा सोकमणि सुवेदी (विरेन्द्र) र अमृत पौडेलले औषधी सौजन्य गरेका थिए । सस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरि लामिछाने र स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रभा कुमारी पौडेलले गरेकी थिईन ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्