पोखरा १३ डुम्रीबोट कसरीमा १८ औं रोपाईं महोत्सव हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ८ असार । पोखरा महानगरपालिका वडा नं.१३ डुम्रीबोट कसरीमा १८ औं संस्करणको रोपाईं महात्वसब हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिका कृषि विकास महाशाखा, वडा स्तरीय कृषि सञ्जाल वडा नं.१३ र वडा स्तरीय कृषि सञ्जाल वडा नं.२८ को समन्वयमा यस वर्षको असारे रोपाइँ राष्ट्रिय धान दिवस असार १५ मा पोखरा १३ को कसेरीमा हुने भएको छ ।

“पोखराको सबै मौसमका लागि” भन्ने नाराका साथ आयोजना गर्न लागिएको असारे रोपाईं महोत्वसले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरा सबै मौसममा भ्रमण गर्न सुरक्षित रहेको सन्देश बाह्य तथा आन्तरिक पर्यटकहरूलाई सन्देश दिन पनि रोपाईं महोत्वसको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

नेपालमा बाँझो रहेका भिरालो , पाखो र सानो जग्गामा पनि खेती लगाउनका लागि किसानलाई प्रोत्साहन गर्दै उनीहरुको व्यक्तिगत आम्दानीमा बृद्धि गर्नु पनि महोत्सको मूख्य उद्धे्रश्य रहेको वडा नं.२८का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनुभयो ।

रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका आकर्षणका कार्यक्रमहरू रहेका छन् ।

“आर्वाको घारी, बैदामको बारी ,माझठानाको टारी” नामले परिचित पोखरा २८ र १३ मा स्थानीय झिनुवा, जेठोबुढो, मन्सरा, बिरमफुल, गुर्दी, चैते, एक्ले , छोटे, घैया, अनदी, मनसुली धानको रापाईं गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्