पोखरामा लायन्स ‘डिस्ट्रिक्ट ३२५ एल’ नेपालको वृहत वृक्षारोपण ( तस्बिर सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, १६ असार । लायन्स अन्तराष्ट्रीय ‘डिस्ट्रिक्ट ३२५ एल’ नेपालले पोखरामा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘डिस्ट्रिक्ट ३२५ एल’ नेपालले अन्तराष्ट्रिय लायन्स क्लब स्थापना भएको १०६ औं वर्षको अवसरमा शनिबार पोखरा–१५ मजुवा स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको परिसरमा विभिन्न जातका २ सय भन्दा बढी विरुवाहरु रोपीएको एडिसनल क्याबिनेट सेक्रेटरी सुजीत हिराचनले फेसबुक मार्फत जानकारी दिएका छन् ।

लायन वर्ष २०२३ / २०२४को शुरूवातको पहिलो दिनमा बातावरण तथा पर्यावरण संरक्षणमा सहयोग पुर्याउने उदेश्यका साथ गण्डकी क्षेत्रमा रहेका लायन्स क्लबहरुको सहभागीतामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको रिजन चियर पर्सन प्रभा भुजेलले जानकारी दिइन् । डिपार्टमेन्ट चिफ लायन झम्कनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिस्ट्रीक्ट गभर्नर लायन परमेश्वर बरालले आगामी दिनमा डिष्ट्रिकलाई एक नम्बर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैको सल्लाह , सहयोग र सुझा दिन आग्रह गरेका थिए ।

यसै गरी द्वितिय भाईस डिस्ट्रीक्ट गभर्नर एक नारायण शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका वरिष्ठ प्रहरी उपरीक्षक अरुण पौडेल, डिस्ट्रीक्ट एडमिनिस्ट्रेटर कृष्ण आचार्य सर, को– चिफ एडभाईजर तेज नारायण, डिस्ट्रीक्ट चिफ गोकर्ण कार्की लगायतका बक्ताले डिस्ट्रिक्ट ३२५ एल अन्तर्गतका क्लबहरूको सहभागीतामा बृहत बृक्षरोपण कार्यक्रम गरेर पर्यावरण संरक्षणमा योगदान गरेकोमा प्रशंसा गर्दै मानव जीवनमा बोटविरुवाको महत्वका बारेमा चर्चा गरेका थिए ।

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्