आफ्नो जीवन बचाइदिन मृगौला पीडित रसाईलीको आग्रह

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २९ असार । रुपा गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षिय प्रमिश रसाईली दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । निम्न आर्थिक अवस्था भएका रसाईलींले १ वर्षयता पोखरामा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

साथीभाइ सबैसँग सरसापटी गर्दासमेत मृगौला फेर्न नसकेको र प्रत्येक साता डायलोसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको रसाईलींले गुनासो गरेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने बताएको उनले जनाए । मृगौला प्रत्यारोपण गर्नका लागी उनकी दिदी शान्ती वि.क. मृगौला दिन तयार छिन तर प्रत्यारोपण गर्नका लागी लाग्ने खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ ।

सम्पत्तिका नाममा रुपा गाउँपालिकामा रहेको पाखो जग्गा धितो राखेर झिकेको ऋणले रसाईलीले फर्निचर खोलेका थिए । फर्निचरमा काम पनि राम्रै चलेको थियो, विरामी परेपछि फर्निचरका सामानहरुसमेत बेचेर खर्च गर्दासमेत सबै रकम सकिएपछि जीवन–मरणको दोसाँधमा आइपुगेको रसाईलींले वताए ।

प्रमिशको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले बताएका छन् । पीडितकी श्रीमती अस्मिता रसाईलीलाई ७ वर्षको छोराको हेरचाह गर्ने स्कुल लाने ल्याउने गर्दै व्यस्त हुन्छिन, उनको छुटै आम्दानीको श्रोत छैन । प्रमिशका दाजु राजेन्द्र स्थानीय वर्कसपमा काम गर्छन, उनको कमाईले मात्रै अहिले ६ जनाको परिवारलाई हात मुख जोर्ने जोहो चलेको उनले वताए ।

रसाईलिको उपचार सहयोग रकम संकलन गर्न नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तालचोक शाखामा प्रमिश रसाईलीको नाममा २१४०५३९०००१५९५ नम्बरको खातासमेत खोलिएको छ । ‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ पीडित रसाईलीले भने, ‘तर, म आफूले अब आफ्नो जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, नातागोता, साथीभाइ र मनकारी सहयोगी भएमा मात्र मैले जीवन पाउँछु ।’ सहयोग गर्न चाहने महानुभावहरुले मोबाईल नं. ९८१९१६९१५५, ९८१९१८०४६८ मा सम्पर्क गरेर पनि बुझ्न र सहयोग गर्न सकिने उनको परिवारले वताएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्