लायन्स क्लब पोखरा लेखनाथको बृक्षारोपण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,८ साउन । लायन क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५जे नेपाल अन्तरगत लायन्स क्लब अफ पोखरा लेखनाथले पोखरा वडा २७ को अर्चले स्थीत बादल पार्कमा वृक्षारोपण गरेको छ ।

क्लवले हरेक वर्ष स्वर्गीय रामजी पौडेल वादलको स्मृतीमा उक्त पार्कको संरक्षण तथा रेखदेख गर्ने उद्धेश्यका साथ यो वर्ष पनि पार्कमा विभिन्न जातका विरुवा रोप्नुका साथै पुराना विरुवाको गोडमेल समेत गरेको हो ।

क्लबका अध्यक्ष कृष्ण प्रशाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा न २७ का वड अध्यक्ष पुर्ण कुमार गुरुङले विरुवा रोप्नु मात्र ठुलो कुरा नभई लगाइएका विरुवाको उचित तरिकाले रेखदेख र विरुवाका समय समयमा गोडमेल गर्नु पर्ने सुझाव राख्नु भएको थियो ।

सोही अवसरमा लायन्स अन्तर्राष्ट्रिय ३२५जे नेपाल का डिष्ट्रिक गभर्नर हरिप्रसाद मरठ्ट्ठाले लायन्स कलवले वातावरण संरक्षणको क्षेत्रमा गर्दै आएका कामका बारेमा ग्रामीण क्षेत्र सम्म जानकारी हुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा क्लबका संरक्षक तथा डिष्ट्रिक को चिप एड्भाइजर मधुसुधन कोईराला,बादल पार्क बादल संरक्षक समितिका अध्यक्ष राममणि पौडेल, इन्भारोमेन्टको चिप सन्तोष पौडेल ,क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन भुजेल,क्लवका पुर्व अध्यक्ष तथा रिजन चियर पर्सन.घनश्याम ढुंगाना,जोन चियर पर्सन मोहनराज आचार्य र सामुदायिक सेवा केन्द्र लेखनाथका निबर्तमान अध्यक्ष त्रिलोचन लामिछाने लगाएतले लायन्सले सामाजिक क्षेत्रमा गरेका कामलाई सवैले साथ र सहयोग गर्दै आएको विचार राखेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्