पोखरा, ३० असार ।
नहर चोक नमुना टोल विकास संस्थाले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै एक विशेष कार्यक्रमका बीच मंगलबार वृक्षारोपण कार्य सम्पन्न गरेको छ।
विगत केही समयदेखि वेगनास ताल र आसपासको नगर क्षेत्रमा निरन्तर सरसफाइ अभियान चलाउँदै आएको संस्थाले पर्यटन मार्ग देखि बेगनासताल गेट सम्म ४ सय भन्दा बढी फूलका विरुवाहरु रोपेको हो ।
कार्यक्रममा वडा सदस्यहरु देवेन्द्रराज अधिकारी, बिनोदमणी लामिछाने, साना किास कृषि सहकारी संस्थाका अध्यक्ष सोमलाल तिवारी धार्मिक तथा पर्यटन विकासका प्रतिनिधि विश्व तिवारी लगायतका बक्ताहरुले नमूना टोलविकास संस्थाले वातावरण संरक्षणमा गरेको सामाजिक कार्यको प्रसंसा गर्दै वातावरणको महत्व र यसले पार्ने सकारात्मक र नकारात्मक प्रभाव बारे चर्चा गर्नु भएको थियो भने संस्थाका संस्थापक अध्यक्ष सुधा थापाले संस्थाको ऐतिहासिक पृष्ठभूमीका बारेमा चर्चा गदैै संस्थाले विगत देखि हाल सम्म गरेका सामाजिक एवम् मानविय सेवाका कार्यका बारेमा जानकारी दिनु भएको थियो ।
यसै गरी संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाले संस्थाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहयोग गर्ने जनप्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुखहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै नहरचोक देखि बेगनासताल सम्म सडक बत्ती जडानका लागि सहयोग गरिदिन जनप्रतिनिधिसँग अनुरोध समेत गर्नु भयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी बरालले संस्थाले आयोजना गर्ने आगामी कार्यक्रम पनि यस्तै साथ र सहयोग गर्न सबैमा आग्रह गर्नु भयो ।
संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव सृजना अधिकारीले गर्नुभएको थियो भने कोषाध्यक्ष बिनु केसी सापकोटाले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।