डा. रमिल अधिकारीको नयाँ गीत ”हाम्रो जे भनेनी तिमी“ सार्वजनिक ( video)

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, १३ पुष । गीतकार डा.रमिल अधिकारीले नयाँ गीत “हाम्रो जे भनेनी तिमी” बोलको गीत सार्वजनिक गरेका छन् । डा अधिकारीका अनुसार , क्रिसमसको अवसर पारेर सार्वजनिक गरिएको गीत र भिडियोमा बाबु र छोराछोरी बीचको सम्बन्धलाई देखाइएको छ ।
सन्तानको रेखदेखमा आमाको भुमिका बढी देखाइने गरेकामा यसपटक गीतकार डा. अधिकारीले गीत बुबाप्रति समर्पित गरेर बुवालाई मूख्य भूमिकामा राखेर गीत प्रस्तुत गरेका छन्।
महानायक राजेश हमालको मूख्य अभिनय रहको गीतमा प्रकाश धितालको निर्देशन र उत्सव दाहालले छायांकन गरेका छन भने विकास दाहालले सम्पादन गरेका छन् ।
गीत संगीतको माध्यमबाट राष्ट्रिय एकतालाई सुढृड गर्न , भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै भोलीका सन्ततीलाई सकारात्मक सन्देश दिने उद्धेश्यका साथ बाबु र छोराछोरी बिचको मयाँ ममता र जिम्मेवारीलाई गीतको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको गीतकार डा अधिकारीले बताए ।
गीतकार डा. अधिकारीले यसअघि पनि केही गीत सार्वजनिक गरिसकेका छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीत उनको अफिसियल यूटयुव च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्