काठमाडौं, साउन ११ — चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट आधुनिक गीतकार विधाको शीर्ष पाँच मनोनयनमा गीतकार डा. रमिल अधिकारी पर्न सफल हुन भएको छ । उहाँको शब्द रहेको ‘आऊ एउटा बच्चा गरौँ’ बोलको गीत उत्कृष्ट आधुनिक गीतकार विधाका लागि मनोनयनमा परेको हो।

आयोजक ब्रान्डरुट इन्टरटेन्मेन्ट ले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार यस विधामा हरिभक्त बुढाथोकी, सुजन कोइराला, भूपेन्द्र बुढाथोकी, डा। रमिल अधिकारी तथा अउतारी साइला गुरुङ शीर्ष पाँचमा परेका छन्।

स्वास्थ्य क्षेत्रसँगै साहित्य र संगीतमा पनि सक्रिय डा। अधिकारी सामाजिक सन्देशमूलक तथा समसामयिक विषयवस्तुमा आधारित सिर्जनाका लागि परिचित छन्। उहाँका गीतहरूले पछिल्लो समय श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै आएका छन्। विशेषगरी ‘आऊ एउटा बच्चा गरौँ’ गीतले सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको भन्दै व्यापक प्रशंसा बटुलेको थियो।

मनोनयन सार्वजनिक भएसँगै डा। अधिकारीका शुभेच्छुक, संगीतप्रेमी तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत बधाई व्यक्त गर्दै उनलाई मतदानमार्फत विजयी बनाउन आग्रह गरिरहेका छन्। धेरै शुभेच्छुकले यसपटक उत्कृष्ट आधुनिक गीतकारको अवार्ड जित्ने बलिया दाबेदारका रूपमा डा. अधिकारीलाई हेरेका छन्।

यद्यपि, अवार्डको अन्तिम नतिजा आयोजकको मूल्याङ्कन प्रक्रिया र सार्वजनिक मतदानको आधारमा तय हुने भएकाले विजेता को बन्ने भन्ने विषय अवार्ड घोषणा भएपछि मात्रै स्पष्ट हुनेछ।

आयोजकका अनुसार ई–सेवामार्फत सार्वजनिक मतदान खुला गरिएको छ। इच्छुक समर्थकहरूले ई–सेवाको ‘Voting & Events’  सेवामा प्रवेश गरी उत्कृष्ट आधुनिक गीतकार विधामा आफ्नो मनपर्ने स्रष्टालाई मतदान गर्न सक्नेछन्।