मादी ५ चितेपानीमा प्रथम खुल्ला तीज गीत प्रतियोगिता हुने

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ,१३ भदौ । मादी गाउँपालिका वडा नं.५को चितेपानीमा प्रथम खुल्ला तीज गीत प्रतियोगित हुने भएको छ ।
महिला सञ्जाल समिति वडा नं. को आयोजना तथा मादी गाउँपािलका वडा नं.५ वडा कार्यालयको समन्वमा हरितालिका तीजको अवसरमा यही भदौ २१ गते प्रथम खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष हुमनाथ अधिकारीले जानकारी दिए ।
संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै वडा वासीहरु बिच भाइचारालाई कायम राख्दै वडा नं. ५ को समग्र विकासमा एकताबद्ध गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष अधिकारीले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार र प्रमाण पत्र, द्धितीय हुने समूहलाई ७ हजार र प्रमाण पत्र , तृतीय हुने समूहलाई ५ हजार र प्रमाण पत्र र सान्त्वना हुने समूहलाई ३ हजार र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
उत्कृष्ट नृत्यलाई समेत २ हजार र प्रमाण पत्र को व्यवस्था गरिएको उक्त प्रतियोगितामा सहभागी हुनको लागि एक समूहमा कम्तीमा ३ जना हुनुपर्ने र मौलिक संस्कृति झल्कने खालको गीत हुनुपर्ने आयोजकले जनाएको छ भने टिम दर्ता निशुल्क रहेको बताइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्