पोखरा २८ ठूलाकोटमा आज दोस्रो खुल्ला तिज गीत प्रतियोगिता हुदै

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ , भदौ १३ । पोखरा महानगरपालिका वडा नं.२८ ठूलाकोट भेरवस्थानमा दोस्रो खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नंं२८ वडा कार्यालयको सहयोग र समन्वय र महिला सञ्जाल वडा नं.२८ को आयोजनामा दोस्रो खुल्ला तिज गीत प्रतियोगिता आज हुँदै छ ।
धार्मिक , कला तथा संस्कृतिको माध्यमबाट ऐतिहासिक ठूलाकोटमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यो वर्ष पनि दोस्रो खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरिएको वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए ।
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको  अवसरमा आयोजनना गरीएको दोस्रो खुल्ला तीज गीत प्रतियोगिताको माध्यमबाट नेपालीहरुको मौलिक संस्कृतिकको संररक्षण र सम्बद्र्धन गर्दै यस यस क्षेत्रको समग्र धार्मिक , सामाजिक , सांस्कृतिक , पर्यटन क्षेत्रको विकास गर्नु नै कार्यक्रमको मूख्य उद्धेश्य रहेको वड अध्यक्ष लामिछाने जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं.२८मा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको संरक्षण सँगै विकास गर्नको लागि यस वडामा क्रियासिल रहेका सामाजिक संघ संस्थाहरु र वडावासीहरुको एकताबद्ध गराउने उद्धेश्यका साथ आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगितामा सहभागी हुन सबैलाई कार्यक्रम संयोजक एवम् वडा सदस्य डाल्डा देवी भुजलेलले आग्रह गरिन् ।
पोखरा महानगर उपप्रमुख मन्जु देबि गुरुङको प्रमुख आतिथ्यतामा हुन गैरहेको उक्त प्रतियोगीतामा प्रथम पुरस्कार १५ हजार र प्रमाण पत्र, द्धितीय पुरस्कार १० हजार र प्रमाण पत्र, तृतीय पुरस्कार ७ हजार र प्रमाण पत्र, सान्त्वना पुरसकार ४ हजार र प्रमाण पत्र, उत्कृष्ट भेषभुषा २ हजार, उत्कृष्ट नुत्य २ हजार रहेको प्रचार प्रसार संयोजक विष्णु सुवेदीले जानकारी दिइन् । उक्त कार्यक्रममा सहभागिताका लागि सामाजिक संघ संस्थाहरु, व्यक्ति विशेष, टोल विकास संस्था, महिला समूह सबैलाई पत्रचार गरिएको प्रचार प्रसार संयोजक सुवेदीले बताउँदै कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिन् ।
रस्सी तान्ने प्रतियोगिता समेत राखिएको उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार रामजी पौडेल र सरस्वती लामिछानेका साथै स्थानीय कलकारहरुको समेत विविध सांस्कृतिक कार्यक्रम रहने कार्यक्रम संयोजक भुजलेले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्