पोखरा, भदौ ६ । डा. रमिल अधिकारीले आफ्नो ‘रमिल क्रिएसन’ च्यानलमार्फत “छक्कै परीयो” बोलको नयाँ तीज गीत सार्वजनिक गर्नुभएको छ। नेपाली संगीत, संस्कृति र परम्परालाई सिर्जनात्मक माध्यमबाट प्रवद्र्धन गर्ने उहाँको निरन्तर यात्राको यो अर्को महत्वपूर्ण सिर्जना हो।
यस गीतमा समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ भने बीना राउत र आलिशा बास्तोलाको अभिनय तथा प्रस्तुति रहेको छ।
न्यूजिल्यान्डमै जन्मिएर हुर्किएकी डा. रमिल अधिकारीकी १० वर्षीया छोरी प्रबलीन अधिकारी यो नेपाली सांस्कृतिक गीतमा सहभागीता दोस्रो भिडियो हो। नेपालभन्दा टाढा जन्मिएर हुर्किए पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोडिँदै नेपाली संस्कृतिको प्रवद्र्धनमा उनको सहभागिता नै यस भिडियोको अर्को विशेष पक्ष हो ।
प्रबलीनको सहभागिताले नेपाल र आओटिआरोआ न्यूजिल्यान्डबीचको सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताको पुस्तान्तरणलाई समेत सुन्दर ढंगले प्रतिबिम्बित गरेको छ।
“नयाँ गीत सार्वजनिक गर्नु मात्र नभइ , नेपाली संस्कृति, संगीत र परम्परालाई पुस्तौ पुस्तासम्म जीवित राख्ने, मनाउने र नयाँ पुस्तासम्म पु¥याउने उद्धेश्य हो ,” डा. रमिल अधिाकरी बताउँछन् । संगीतले पुस्तालाई जोड्छ, संस्कृतिले मनलाई जोड्छ भन्ने भनाईलाई जोड्दै डा.अधिकारीेले तीज गीत हेरेर,सुनेर हौसला प्रदान गरिदिनुहुन सम्पूर्णमा आग्रह गर्नु भयो ।








