काठमाडौं । ‘हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरुबीच एकता’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिले ‘सूचना सञ्चार, प्रचारप्रसार तथा प्रकाशन विभाग’ गठन गरेको छ । समाजको विधान २०४७ को धारा १५ मा व्यवस्था भएअनुसार केन्द्रीय समितिको २०८३ साउन १० गतेको निर्णय तथा समाजको केन्द्रीय कार्य समितिका अध्यक्षको परामर्शमा विभाग गठन गरिएको समाजले जनाएको छ ।
गठित विभागमा समाजका जिम्मेवार व्यक्तिहरूलाई मनोनयन गरिएको छ । विभागको संयोजकमा बाँकेको भिम बहादुर रानाभाट रहेका छन्, भने उप(संयोजकमा कास्कीको नरेन्द्र रानाभाट र सचिवमा नवलपुरको समर रानाभाट रहेका छन् । यस्तै, सदस्यहरुमा कास्कीको कृष्ण रानाभाट, काठमाडौंकी ईश्वरी लौडारी भाट, कास्कीको सञ्जय रानाभाट, स्याङ्जाको असफल गौतम भाट, चितवनको निराज रानाभाट, कञ्चनपुरको धिराज सिंह भाट र तनहुँको प्रविन रानाभाटलाई तोकिएको छ ।
समाजले आवश्यकता अनुसार विभागमा थप सदस्य मनोनयन गर्न सकिने जनाएको छ । विभागले समाजका गतिविधि, सूचना तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चार, प्रचारप्रसार र प्रकाशनमार्फत अघि बढाउने अपेक्षा गरिएको छ ।








