चित्रबहादुर केसी बन्दसूचीको एक नम्बरमा

  • ख-
  • ख+

१८ कात्तिक, काठमाडौं । दोस्रो संविधानसभामा तीन स्थानको प्रतिनिधित्व गरेको राष्ट्रिय जनमोर्चाले यसपटक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यतामा पुग्न सकिन्छ कि सकिँदैन भन्ने संघर्षमा छ ।

यही क्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सो पार्टीबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीको एक नम्बरमा छन् ।

जनमोर्चाले प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेर वाम गठबन्धका तर्फबाट उपाध्यक्ष दूर्गा पौडेललाई प्रत्यक्षतर्फको सांसदमा उठाएको छ भने बाग्लुङे नेता केसीलाई समानुपातिक सूचीमा राखेको छ ।

राष्ट्रिय जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर केसी पछाडि जनकराज शर्मा, शंकरप्रसाद बराल, दुर्गाबहादुर केसी, चन्द्रबहादुर खत्री लगायत १०२ जना छन् ।

=====================

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्