पोखरा , असोज ४ । साविक उ.मा.वि. मा अध्यापनरत शिक्षकहरूको संस्था माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन कास्की जिल्लाको र पोखरा महानगरको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सर्वसम्मत रुपमा चयन गरिएको कास्की जिल्लाको अध्यक्षमा इन्द्र भुसाल निर्वाचित हुुनु भएको छ । यसै गरी उपाध्यक्षमा रस्मिला खनाल, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा पवित्रमणी भण्डारी, सह कोषाध्यक्षमा पवित्रा बराल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
यसै गरी सदस्यहरुमा प्रभात घिमिरे, निलकण्ठ पोखरेल, अर्जुन बास्तोला, सुर्य प्रसाद तिवारी, र कृष्ण भण्डारी निर्वाचित हुनु भएको छ ।
यसै गरी पोखरा महानगरपालिकाको तेस्रो अधिवेशनले हरिबोल गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । यसै गरी उपाध्यक्षमा शकुन्तला आचार्य, सचिवमा प्रकाश पन्त , कोषाध्यक्षमा भवीन्द्र गिरी, सह सचिवमा काशीराम भण्डारी सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको निर्वाचन मण्डलका सदस्य एवम् गण्डकी प्रदेशका अध्यक्ष देवराज शर्माले जानकारी दिनु भयो ।
यसै गरी सदस्यहरुमा कल्पना खनाल, सुनिल सुवेदी, पदम थापा र हरि प्रसाद देवकोटा निर्वाचित हुनु भएको छ।
बन्द सत्रमा जिल्ला अध्यक्ष रामचन्द्र तिवारीले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन, पोखरा महानगरपालिका अध्यक्ष यदुराज पोखरेल प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन, जिल्ला सचिव इन्द्र प्रसाद भुसालले प्रस्तुत गर्नु भएको सचिवको प्रतिवेदन, पोखरा महानगरका सचिव सुरेन्द्र अधिकारीले प्रस्तुत गर्नु भएको सचिवको प्रतिवेदन, कास्की जिल्ला कोषाध्यक्ष मुक्तिराम पौडेल र पोखरा महानगर कोषाध्यक्ष पवित्रमणी भण्डारीले प्रस्तुत गर्नु भएको छुट्टा छुट्टै आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
निर्वाचन सम्पन्न गराउनका लागि बलराम पोखरेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो भने समितिका सदस्यहरूमा देवराज शर्मा, सुरज मोहन पोखरेल र चक्रपाणी सुवेदी रहनु भएको थियो ।
हिस्टुन नेपालका केन्द्रिय महासचिव शंकर तिवारीले उद्ध्घाटन सत्रलाई सम्बोधन गर्दै कक्षा ११ र १२ मा अध्यापन गराउने र राहत एवम् अन्य अस्थायी प्रकृतिका शिक्षकहरुको पेसागत हकहितमा हिस्टुनले विगतमा गरेका कार्यको स्मरण गर्नु भयो ।
सबै शिक्षकहरु एकजुट हुन सकेमा हिस्टुनका जायज मागहरुलाई स्थापीत गर्न सकिने तिवारीले बताउनु भयो । सरकारी निकायसँग भएका विभिन्न चरणका बार्ता र छलफलले आगामी दिनमा सकारात्मक सन्देश दिने विश्वास दिलाउनु भयो । आगामी दिनमा आउने संघिय शिक्षा ऐनमा हिस्टुनले उठाएका जायज मागहरु समेट्नु पर्नेमा जोड दिंदै तिवारीले सोही अनुसार केन्द्रबाट पहल भएको जानकारी दिनु भयो । हाम्रा जायज मागहरुलाई स्थापित गराउन तल्लो तह देखि नै एक जुट भएर केन्द्रिय कमिटीलाई उर्जा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।
यसै गरी गण्डकी प्रदेशका अध्यक्ष देबराज शर्माले हाम्रो आवाज उठाउने हामी आफैले हो भन्दै ३४ वर्ष सम्म राज्यको विभेदकारी शिक्षाको नितिले साविक उमाविका शिक्षकहरु अन्यायमा परेको गुनासो व्यक्त गर्नु भयो । आगामी दिनमा न्यायको पक्षमा सबै शिक्षकहरु एकजुट भएर लड्नु पर्ने बेला आएको बताउनु भयो ।
यसै गरी सल्लाहकार पदम दबाडी, केन्द्रिय सदस्य चक्रपाणी सुवेदी, केन्द्रिय सदस्य सुरज मोहन पोखरेल, कास्की जिल्ला उपाध्यक्ष शान्ति आचार्य , अम्मर सिंह माविका प्रधानाध्यापक बलराम पोखरेल लगायतले हिस्टुनका जायज मागहरुलाई राज्यले नसुनेको बताउँदै आफ्नो अधिकरका लागि आफै लड्नु पर्ने धारणा राख्नु भएको थियो । पोखरा महानगरका अध्यक्ष यदुराज पोखरेलले स्वागत गर्नु भएको उद्घाटन सत्र जिल्ला अध्यक्ष रामचन्द्र पहारीको अध्यक्ष भएको थिया भने कार्यक्रम सञ्चालन पोखरा महानगर सचिव सुरेन्द्र अधिकारीले गर्नु भएको थियो । यसै गरी बन्द सत्र पोखरा महानगरका अध्यक्ष यदुनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने बन्द सत्रको कार्यक्रम सञ्चालन जिल्ला सचिव इन्द्र प्रसाद भुसालले गर्नु भएको कुरा नवनिर्वाचित पोखरा महानगर सचिव प्रकाश पन्तले जानकारी दिनु भयो ।














