काठमाडौं , ७ असोज । गायक सन्तोष खत्रीको स्वरमा रहेको ‘पोखरा जाम्ला मायालु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत सन्तोष खत्री कै रहेको उक्त गीतको भिडियोमा सन्तोष खत्री, सुमन विश्वकर्मा, आशिष सुनार, आरवोन, विजय विश्वकर्मा, दिप्सन बी. सी. र टी.बी. रानाको अभिनय रहेको छ ।
यस्तै, उक्त गीतको भिडियो निर्देशनमा अनुप अधिकारीको रहेको छ। उक्त गीतको भिडियो छायांकनमा गोविन्द विष्ट, मिलन शंकर र दिपेश के. सी. रहेका छन् भने उक्त गीतको भिडियोको सम्पादन तथा कलरमा नबिन घर्ति मगर रहेका छन् ।
त्यसैगरी, गीतको एरेन्ज तथा मिक्स र मास्टरमा विनोद रसाइली रहेका छन्, भने गीतको भिडियोको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छ । उक्त गीतको भिडियो सन्तोष खत्रीको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । यसै गीतबाट सन्तोष खत्रीले लोक संगीतलाई पप तिर धकेलेको प्रस्ट बुझिन्छ । छिटै नै आफ्नो ‘पार्पो ब्याण्ड’ नामक ब्याण्ड बनाउने तयारीमा रहेको खत्रीले बताएका छन् ।








