तीन दिनमा रियल मड्रिडको दोस्रो हार : रोनाल्डोको सीप चलेन

  • ख-
  • ख+

काठमाडौंः पछिल्ला तीन दिनभित्रमा रियल मड्रिडले लगातार दोस्रो हार खाएको छ । ला लिगा फुटबल अन्तर्गतको खेलमा सेभिल्लासँग ३–१ ले पराजित भएको दुईदिन पछि रियल मड्रिडले दोस्रो हार खेपेको हो।

यता शनिबार राति भएको कोपा डेल रे अन्तर्गतको खेलको पहिलो लेगमा रियल मड्रिड घरेलु मैदान सान्टियागो बर्नबाउमा सेल्टा भिगोसँग पराजित भएको छ । रियललाई सेल्टाभिगोले हार चखाउने क्रममा २–१ गोल अन्तरले पराजित गर्यो।

तीन दिनभित्र दोस्रो खेल खेलेको रियल मड्रिड सेल्टाभिगोसँग पराजित भएसँगै पहिलो लेगमा २–१ गोल अन्तरले पछि परेको छ। दोस्रो लेग अब सेल्टा भिगोको घरेलु मैदानमा हुनेछ। कोपा डेल रेको अघिल्लो चरण प्रवेशका लागि रियल मड्रिडले उक्त खेलमा सेल्टा भिगोलाई कम्तिमा २–० गोल अन्तरले हराउनु पर्नेछ।

यसअघि ४० खेलमा अपराजित रहँदै रियल मड्रिडले स्पेनिस लिगमा नयाँ कीर्तिमानी बनाएको थियो। ४१ औं खेलमा अपराजित यात्रामा पुनविराम लगाउने क्रममा रियल मड्रिडलाई सेभिल्लाले आफ्नो घरेलु मैदानमा ३–१ ले पराजित गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्