चर्चित फुटबलर आन्द्रेया पिरलोले लिए सन्यासको घोषणा

  • ख-
  • ख+

काठमाडौं : इटालीका पूर्व मिडफिल्डर आन्द्रेया पिरलोले फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएका पिरलोले क्लब फुटबलबाट पनि सन्यासको घोषणा गरेका हुन् ।

उनी लामो समयदेखि विश्व फुटबलका चर्चित नाम हो । उनले विश्व फुटबलबाट सन्यायस लिएको बेला उनको चर्चा चलेको थियो । उनले क्लब फुटबलबाट सन्यास लिएपछि पुनः उनको चर्चा चुलिएको छ ।

३८ वर्षका पिरलोले न्युयोर्क सिटीका लागि अन्तिम खेल खेल । इटालीबाट एक सय १६ खेल खेलेका पिरलोले सन् २००६ मा राष्ट्रिय टिमलाई विश्वकप फुटबलको उपाधि दिलाउन योगदान गर्ने खेलाडी हुन् ।

पिरलोले इन्टर मिलान, एसी मिलान र युभेन्टसमा संलग्न भएर फुटबल खेलेका छन् । दुई वर्षअघि मेजर लिग सकर ब्लब न्युयोर्क सिटीमा संलग्न भएका थिए ।

पिरलोले ट्वीटर मार्फत सन्यासको घोषणा गर्दै आफूले खेलेका सबै क्लबबाट खेल्न पाउनु सम्मानको कुरा रहेको बताएका छन् । पूर्व क्लब युभेन्टसले उनलाई साँचो प्रतिभा रहेको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्