पोखरा, ४ मंसिर । अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गतका तीन वटा लायन्स क्लबहरुले संयुक्त रुपमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । लायन्स क्लब अफ पोखरा राइजिङ सन, लायन्स क्लब अफ पोखरा पिस सिटी, लायन्स क्लब अफ पोखरा सयपत्री क्लबहरुले संयुक्त रुपमा पोखरा १९ पात्ले, धारा आधारभुत बिधालयमा अधयनरत ४५ बिद्यार्थीलाई स्विटर, टोपी तथा मोजा, १÷१ थान वितरण गरिएको हो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष माधव प्रशाद गौतम, प्र अ रोधनाथ गौतम तथा सम्पूर्ण शिक्षक र स्थानिय हिरा कुमारी उपस्थितिमा न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ला.शैलेन्द्र मोहन भट्टराइले जोन १२ र यस अन्तरगतका क्लब हरु अत्यन्तै सकृय र उत्कृष्ट कार्य गर्दै सेवाका हातहरु फैलाएकोमा डिस्ट्रिक्टक्कै शिर उच्च राखेको भन्दै क्लब हरु र यसका प्रतिनिधि लाई हार्दिक बधाई एबम् धन्यवाद दिएका थिए ।
यस्तै गरी अध्यक्ष सयपत्रीका अध्यक्ष छबिलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल कजेज लायन आरती अधिकारी, रिजन चियर पर्सन लायन सुर्य चापागाइ,जोन चियर पर्सन लायन युबराज खनालको बिशिस्ट आतिथ्यताका साथै पिस सिटीका अध्यक्ष दीपेन्द्र चालिसे र राइजिङ सनका पूर्व अध्यक्ष राजकुमार ढकाल, दुर्गा रन्जित, राइजिङ सनका डाइरेक्टर शोभा कायस्थको आतिथ्यता रहेको थियो ।
कार्यक्रम निकैनै रोचक र प्रसम्सनिय र सबै दानबिरले अनुसरण गर्न लायक रहेको र आगामी दिनमा पनि यस्तै यस्तै सहयोगको अपेक्षा बिधालय तर्फ बाट प्र अ रोधनाथ गौतम
जोन चियर पर्सन युबराज खनालल बिधालयले सानो सहयोग लाई पनि उच्च प्राथमिकतामा राखेर सुदामाको कनिका कृष्णजिले सगून स्विकार गरेझै स्विकार गरेकोमा उच्च प्रसम्सा गरे । यस कार्यक्रमको सम्योजक बिधालयमा अध्यापनरत सुजाता बास्तोला र लायन आरती अधिकारीले गरेका थिए भने राइजिङ सनका सचिब अनिल कोइरालले कार्यक्रम सञ्चालन गरेका थिए ।









