रुपा । रुपा गाउँपालिका वडा नं.७ माझगाउँमा ६२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक ३२५ एल अन्तरगत रहेका लायन्स कलब अफ बेगनास तालनगरी र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीले संयुक्त रुपमा रुपा गाउँपालिका वडा नं.७ स्थित अरुणोदय आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा टोपी, सुइटर वितरण गरिएको लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष अरुणचन्द्र सुवेदीले जानकारी दिनुभयो । सन २०१५ मा स्थापना भएको क्लबले यस वर्ष आफ्नो १० औं स्थापना दिवसका अवसरमा न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट चिफ एड्भाजर तेजनारायण पराजुलीले लायन्सले गर्ने सामाजिक तथा मानविय सेवाका कार्यहरुको बारेमा चर्चा गर्दै बेगनास तालनगरी र बेगनास चौतारीले संयुक्त रुपमा मानविय सेवका कार्य गरेकोमा खुशी व्यक्त गर्दै धन्यवादन व्यक्त गर्नु भएको थियो । यसै गरी लायन्स क्लब अफ बेगनास तालनगरीका संस्थापक अध्यक्ष एवम् डिपार्टमेनट चिफ ऋषिराम रानाभाटले क्लबको ऐतिहासि पृष्ठभुमिका बारेमा चर्चा गर्दै क्लबले गरेका विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरुको बारेमा जानकारी गराउका थिए ।
त्यस्तै गरी क्लबका पूर्व अध्यक्ष एवम् डिपार्टमेन्ट चिफ सागल लामिछानेले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्दै क्लबले स्थापनाकाल देखि नै जाडो मौसममा न्यानो कपडा वितरण गर्दै आएको बताए ।
अरुणोदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षा ताराकुमारी सापकोटाले ग्रामीण क्षेत्रको विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नु भयो । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा वद्यालयका प्रधानाध्यापक किशोर भुजेलले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
यसै गरी वेगनास तालनगरीका अध्यक्ष अरुणचन्द्र सुवेदीले जाडो समयमा न्यानो स्वीटर र टोपी पाएपछि बालबालिकालाई नियमित विद्यालय आउनका लागि समस्या नहुने र यसले विद्यार्थीको पढाइृमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
न्यानो कपडा व्यवस्थापनका लागि लायन्स क्लब अफ वेगनास तालनगरीका पूर्व अध्यक्ष एवम् एडिसनल क्याबिनेट सेक्रटरी प्रभा भुजेल , सोही क्लबका सदस्य रोमीला गुरुङ र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीका सदस्य बिबा क्षेत्रीका स्पाउस कृष्ण बहादुर लामिछानेको जन्म दिनका अवसरमा आर्थिक सहयोग गर्नु भएको थियो ।
सोही कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवम् एल सि आइ एफ कोर्डिनेटर त्रिलोचन लामिछानेले आफू क्लबको स्थापनकाल देखि नै विभिन्न पदमा रहेर कार्य गर्दै आएको बताउँदै लायन वर्ष २०२३÷२४ मा क्लबको अध्यक्षमा रहेर कार्य सम्पादन गर्न सहयोग गर्ने क्लबका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । उक्त अवसरमा लामिछानेले आफ्नो व्यक्तिगत तर्फबाट सबै लायन सदस्यहरुलाई मायाँको चिनो प्रदान गरेर सम्मान गर्नु भएको थियो भने क्लब सचिव वर्षा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कर्यक्रममा लायन्स क्लब अफ बेगनास तालनगरकिा पूर्व अध्इक्ष एवम् एडिसनल क्याबिनेट सेक्रटरी प्रभा भुजले, पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन केशवराज तिवारी, पूर्व अध्यक्ष विदुर त्रिपाठी, प्रथम उपाध्यक्ष सपना सुवेदी, कोषाध्यक्ष तारा कमुारी आचार्य, क्लब सर्भिस चियर पर्सन सूर्य प्रसाद लामिछाने , पोखरा बेगनास चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।