पोखरा महानगरपालिका वडा नं २६ को वुढिबजारमा रहेको रिलायन्स पब्लिक स्कुलमा प्रथम अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ । प्रथम अभिभावक दिवसका अवसरमा विद्यार्थीलाई सम्मान गरिएको हो ।
स्थापनाको छोटो समयमा विद्यालयले शौक्षीक गुणस्तरलाई कायम गर्दै अभिभावक र विद्यार्थीको मन जित्न सफल बिद्यालयले तीन वर्षको शौक्षीक पुरस्कार सहित विभिन्न विधामा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई सोमबार विशेष कार्यक्रम गरी सम्मान गरिएको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका शिक्षा महासाखाका वरिष्ट शिक्षा अधिकृत वद्रीनाथ सुवेदीले विद्यार्थीलाई कितावी ज्ञानको साथमा ब्यवहारीक र प्रयोगात्मक शिक्षाको माध्यमबाट अगाडी वढाउनु पर्ने सुझाव दिनु भएको थियो । पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य तिर्थ बहादुर राजभाटले विद्यार्थीहरुमा वढ्दो मोवाईलको मोहलाई कसरी घटाउन सकिन्छ भन्ने वारेमा विद्यालय तहबाटै निर्देशित हुनु पर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा गण्डकी वोडिङका पुर्व प्राचार्य रवि वरालले विद्यार्थीलाई अनुशासनमा राखेर उनिहरुको ईच्छा अनुसारको पठन पाठनमा सहयोगीको रुपमा शिक्षक र अभिभावकले सहयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका प्रमुख श्रमण कुमार वि क, नेशन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेशनल प्याब्सनका केन्द्रिय पुर्व उपाध्यक्ष ज्ञानेन्द्रमोहन भटराई,सम्पुर्ण अभिभावकहरुको तर्फबाट ईन्द्र प्रसाद सुवेदी र विद्यार्थीहरुको तर्फबाट भुमी रानाभाटले शैक्षीक क्षेत्रको विकासमा विद्यालयले गरेको प्रगतीका बारेमा चर्चा गर्नु भएको थियो । गरेका थिए ।