काठमाण्डौ ६ धापासीमा भिषण आगलागी भएको छ । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा बिहीबार साँझ ५ बजेर २३ मिनेटको समयमा आगलागी भएको थियो । लागेको आगो नियन्त्रणमा आएको छ ।
सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।
आगो नियन्त्रणका लागि ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगलागीबाट भएको क्षेतीको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ ।