काठमाण्डौ, १६ पुष । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ अन्तरगतका सडक सरसफाई अभियानलाई जारी राखेको छ । यसै बिच काठमाण्डौ महानगरपालिकाले मंगलबार बिहान वडा नं.ं ३ को शिक्षण अस्पताल र गजेन्द्र मार्गको बिचमा रहेको खाडीपाखा स्थित सडक सरसफाइ गरेको हो ।
उक्त सडकको दायाँ बाया किनारमा रहेका फोहोर जन्य बस्तुहरु संकलन गरी व्यवस्थापन गरिएको हो । सडकको छेउछाउमा सडकलाई अवरोध हुने गरी वेवारिसे रुपमा राखिएका मोटरसाइकल र साइकल पनि हटाएको छ । मोटरसाइकल र साइकल धनी खोजतलास गर्दा पनी नभेटिए पछि महानगरमा लगेको महानगरले जानकारी दिएको छ ।
सडकमा रहेका कंक्रिटका टुक्रा, रडहरु, फोहोर जन्य बस्तुहरु संकलन गरी व्यवस्थापन गरिएको समाचारमा जनाइएको छ । वातावरण सफा राख्न सडकमा जथाभावी फोहोर नफाल्न समुदायलाई महानगरले अनुरोध गरेकोछ ।