पोखरा , १६ पौष ।
पोखरा महानगरपालिका वडा नंं –३० मा रहेको गण्डकी प्रदेश सरकारको स्वामित्वमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा गण्डकी टेक्नीकल इन्चिच्युटका छात्र छात्राहरुले स्थलगत अवलोकन गरेका छन् । विद्यार्थीहरुले उक्त अस्पतालको सेवा, फोहोर व्यवस्थापन, प्रविधि र प्रयोगशाला संचालनको स्थलगत अवलोकन गर्नु भएको हो ।
पोखरा–१० मा रहेको गण्डकी टेक्निकल इन्चिच्युट प्रा.लि.मा दोश्रो वर्षमा जनरल मेडिसियन, र मेडिकल ल्याव्रोटरी टेक्नोलोजी विषयमा अध्ययनरत सुष्मिता पाण्डेको नेतृत्वमा ३५ जनाको टोलीले सो अस्पतालमा व्यवहारिक ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ अवलोकन भ्रमण गरेको बताइएको छ ।
संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले भ्रमण दलमा रहेका छात्र छात्रालाई अस्पतालको ऐतिहासिक पृठभुमि बारे जानकारी दिदै लेखनाथको मोहोरियामा स्थानीयहरूले आफ्नो ठाउँमा अस्पताल निर्माण गरेर सर्वसुलभ तरिकाले उपचार सेवा पाउन सकिन्छ भन्ने उद्देश्यका साथ वि स २०६० सालमा मुठी दान देखि सर्वोश्व दान गरेर निर्माण गरिएको सामुदायिक लायन्स अस्पताल वि स २०७७ साउन ६ गते देखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकूल परिष्कृत गरी थप नयाँ सेवाबाट जनतालाई सेवा दिन थालेको जनकारी गराउनु भएको थियो ।
गण्डकी प्रदेश सरकार मातहतमा अस्पताल सञ्चालन हुन थाले पछि यहाँबाट दैनिक रुपमा १०० जना बिरामीहरूले विभिन्न किसिमका सेवाहरू लिँदै आएको जनकारी दिंदै जमरकट्टेलले स्वास्थ्य मन्त्रालयको सहकार्यमा निकट भविष्यमा निर्माणाधीन नयाँ भवनमा १०० शै्याको सुविधा सम्पन्न अस्पताल तयार गरि अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताउनु भयो ।
यसैगरी अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले विद्यार्थीले उठाएका जिज्ञासा र सुझावका बारेमा प्रकाश पार्दै अस्पतालले प्रदान गर्दै आएका सेवा र सुविधाको प्रचार प्रसार नहुँदा पनि बिरामीहरूले बाहिर महँगोमा उपचार गर्न बाध्य भएकाले जनस्तरबाट अस्पतालले प्रदान गर्ने सेवाका बारेमा सबै जनाले बुझ्नु आवश्यक रहेको बताउनु भयो ।
डा. गौचनले दैनिक सयौ जना विरामीले उपचार लिइरहेको बताउदै अस्पतालमा सरुवा रोगहरुको उपचारको साथ साथै जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालनमा ल्याईएको अस्पतालमा बर्तमान अवस्थामा दिएका स्वास्थ्य सेवाको बारेमा जानकारी दिदै, वहिरंग सेवा, अन्तरंग सेवा प्रयोगशाला सेवा, एक्सरे तथा भिडियो एक्सरे, फार्मेसी, खोप, कोभिड १९, प्राथमिक आँखा उपचार, डेङगु रोगको उपचार र निशुल्क डायलसीस सेवा रहेको जानकारी दिनु भयो ।
डा.गौचनले विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष नेतृत्व र निगरानीमा २४ सै घण्टा आकस्मिक र अन्तरंग सेवा, बहिरंग सेवा र बिस्तारित अस्पताल सेवा कार्यक्रम संचालनमा ल्याईएको र गण्डकी प्रदेशको नयाँ डायलयसीस केन्द्र बाट दैनिक ५० जनाले सेवा लिइरहेको भबिष्यमा हुन सक्ने अन्य संक्रामक रोगहरुको रोकथाम, नियन्त्रण तथा उपचारका लाागि अस्पताल तयार रहेको बताउनु भयो । अस्पतालमा हाल चिकित्सक र कर्मचारीसहित ८२ जना कार्यरत रहेको र आगमी वर्ष देखी ५० शैयाको वेडलाई १ सय सैयामा विस्तार गर्ने योजना रहेको सो अवसरमा डा.गौचनले बताउनु भयो ।
उहाँका अनुसार बिरामीहरूलाई उपचारका सही विधि र बिरामीको मन जित्न सक्ने गरि चौबिसै घण्टा करिब ८०÷८५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आएको हस्पिटलले गुणस्तर र प्रविधिको प्रयोग गरि जनरल, बहिरङ सेवा, अन्तर सेवा, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, कोभिड खोप सेवा, हेमो डायालोसिस, स्वास्थ्य बिमा कार्यक्रम लगायत १० वर्ष मुनिका वाल वालिका,गरिब तथा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी समेत दिनु भयो ।