ऋषिराम रानाभाट
लेखनाथ १९ माघ । पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले बोलेर भन्दा काम गरेर देखाउनुपर्ने बताउनु भयो । कुर्लुङ्गखोला खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष कंडेलले प्राथमिताका आधारमा योजना माग गर्न आग्रह गर्नु भयो । वडामा भेक , क्षेत्रहरुलाइ समेटेर योजना बनाइएको जानकार िगराउँदै वडा अध्यक्ष कंडेलले नेतृत्व विकास तथा क्षमताअभिवृद्धि जस्ता तालिमको कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । आवश्कता परेको खण्डमा त्यस्ता कार्यक्रमहरु पून सञ्चालन गरिने पनि उहाँले बताउनु भयो ।
कुर्लुङ्गखोला खानेपानीको श्रोत सम्बन्धि समस्या समाधानका लागि आफूले रुपागाउँपालिकामा पहल गरेको जानकारी दिंदै वडाअध्यक्ष कंडेलले नितिगत रुपमा यहाँको बासिन्दाले पानी स्रोत पाउने जिकिर गर्नु भयो । यसकौ समस्या समाधानका लागि आफु सदैव तत्पर रहेको बताउनु भयो । वडा समितिमा कुनै किसिमको असमझदारी नभएको बताउँदै यस संस्थाको भवनमा सभाहल निर्माणका लागि महानगरमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै वडा अध्यक्ष कंडेलले यस आर्थिक वर्षमा केही योजनाहरुको सम्झौता गर्न बाँकी रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दाले वडा कार्यालयमा सम्पर्क गरी योजना सम्झौता गर्न पनि सो अवसरमा उहाँले आग्रह गुर्न भयो ।
यसै गरी संस्थाका निवर्तमान अध्यक्ष एवम् पूर्व जनप्रतिनिधि दिननाथ ढकालले विकास निरन्तर रुपमा हुने बताउँदै पचभैयालाई नेपालको नमूना गाउँको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो । हामी उत्कृष्ट स्थानमा बसेकाले हामी सबैको बिचार र आचरण पनि उत्कृष्ट हुनुपर्ने बताउनु भयो । यस क्षेत्रमा विगतको तुलनामा आमूल परिवर्तन भएको बताउँदै आफू जनप्रतिनिधि हुँदा गरिएका कार्यको स्मरण गर्दै उद्धेश्य र योजना बनाएर अगाडि बढ्न सके यस क्षेत्रको विकास गर्न नसकिने भन्ने कुरा केही नभएको बताउनु भयो । रामंो संकल्प गर्नु पर्ने बताउँदै हामी सबैमा राम्रो निहित हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
यस्तै गरी संस्थाका सल्लाहकार राममणी अधिकारीले यस क्षेत्रमा भएको पिउने पानीको समस्यालाई समाधान गर्दै खानेपानी उपलब्ध गराउने सरोकारवाला सबैलाई धन्यवाद दिनु भयो । अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदनका आधारमा संस्था सुसासनमा लागेको आफूले महशुष गरेको बताउँदै अधिकारीले क्षेत्रिय समितिले आफ्नो कर्तव्य बोध गर्नुपर्ने बताउँदै क्षेत्रिय समितिले गरेका कार्यको पनि संस्थाको साधारण सभामा आउनुपर्ने सुझाव राख्नु भयो । क्षेत्रमा भएका विभिन्न समस्या तथा उपभोक्ताहरुको सल्लाह सुझाव क्षेत्रगत रुपमा क्षेत्रिय समिति मार्फत साधारण सभामा प्रस्तुत हुनपर्नेमा उहाँले जोड दिनु भयो ।
नयाँ नयाँ प्रविधिको विकास सँगै खानेपानीको क्षमतालाई पनि बृद्धि गर्दै क्षमताका आधारमा वडामा खानेपानीको क्षेत्र विस्तार गर्न सकिने उहाँले सो अवसरमा बताउनु भयो ।
त्यस्तै गरी अम्मरसिद्ध नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइरालाले यस क्षेत्रका अग्रहजहरुको अथक प्रयासले यस क्षेत्रमा भएको पानीको समस्यालाई समाधान गर्नुभएकोमा उहाँहरु प्रति सम्मान व्यक्त गर्नु भयो । पानीको मुहानमा समस्या भएको बताउँदै यसका लागि सरोकारवाला सबैले चिन्तन गरेर समास्या समाधान गर्नूृपर्ने बतउँदै यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पचभैया कोटदेउराली संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष पुरुषत्तोम अधिकारीले उपभोक्ताहरुको संख्यामा बृद्धि हुँदै जाँदा नियमित रुपमा खानेपानीको समस्या हुने बताउनु भयो । यसको समाधानको लागि सबै एक जुट हुनुपर्ने बताउँदै ५ लाख बराबरको टंकी निर्माण गर्नुपर्ने सुझाव राख्दै सबैले मिलेर पानीको नियमित रुपमा आपुर्ति गर्नुपर्ने तर्फ लाग्नुपर्ने उहाँले सुझाव राख्नु भयो ।
त्यस्तै गरी एकान्तकुना तामाङ समाजका अध्यक्ष बिर बहादुर लामा, देउराली नमूना आमा समूहका अध्यक्ष सुनिता थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सभामा संस्थाका अध्यक्ष नरनारायण थापाले संस्थाको उद्धेश्य र यसले गरेका कार्यहरुको बारेमा स्पष्ट पार्दै उपभोक्ताहरुको सल्लाह र सुझाव अनुसार संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका प्रबन्धक हरि घिमिरले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दयासागर अधिकारीले स्वागत गर्नु भएको थियो । यस्तै सस्थाका सचिव बिचित्रनाथ अधिकारीले प्रस्तुत गर्नु भएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष सानुकुमारी वि.क.ले प्रस्ुतत गर्नु भएको आर्थिक प्रतिवदेन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रम संस्थाका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।