बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत दे दन प्यार गोरीु सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल ९बले० र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।
गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना रहेको बताइएको छ । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा गरेका हो ।
निर कुमारी विश्वकर्मा सविनाको निर्माणमा तयार भएको यो गीतलाई प्रमोद ९भारत०ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा लगायतका कलाकारहरुको प्रस्तुतिलाई समावेश गरिएको छ ।
रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको उक्त गीत दिलवाली नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन् डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ।
गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिने बताइएको छ ।