सम्वाददाता, पोखार, १५ फागुन । नेपाल शिक्षक संघ पोखरा महानगरको आयोजनामा छौटौं प्रतिनिधि सभा एवम् सम्मान कार्यक्रम विहिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणी लामिछानेले नेपाल शिक्षक संघको आत्म भनेको यसका सदस्य शिक्षकहरु भएको बताउनु भयो । नेपाल शिक्षक संघलाई बलियो बनाउन सबै शिक्षकहरुले व्यक्त गर्नु भएको भावनको सम्मान र कदर गर्ने बताउँदै लामिछानेले नेपाल शिक्षक संघलाई बलियो बनाउन सदस्यको विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । शिक्षकको पेशागत हकहितका लागि लड्न इमान्दारी पूर्वक लड्न नेपाल शिक्षक संघ लागि परेको जानकारी गराउनु दिनु भयो । नयाँ शिक्षा ऐन संसदमा पेश भएको , पास हुन्छ कि हुँदैन भन्ने कुरामा सबै शिक्षकहरुको चिन्ताको विषय भएको बताउँदै विगतमा सरकारसँग भएका सम्भौताहरु शिक्षा ऐन मार्फत कार्यान्वय गराउनु सबै शिक्षकहरु जुटेर सरकारलाई कडा रुपमा दबाब दिनुपर्नेमा जोड दिनु भयो ।
शिक्षकका मागलाई सम्बोधन गर्न शिक्षा ऐन ल्याउन कांग्रेस सभापति महामन्त्रि सकारात्मक रहनु भएको बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिले शिक्षा ऐनका बारेमा एमाले सकारात्मक नभएको हो कि भन्ने आशंका भएको बताउनु भयो । शिक्षकहरुको हकहितका लागि शिक्षक संघ संधै लागिपर्ने बताउँदै शिक्षकहरु गुटउपगुटमा नलागी सिंगो नेपाल शिक्षक संघलाई बलियो बनाउन लाग्न सबै शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
नेपाल शिक्षक संघ संघिय उपमहासचिव सीता थापाले शिक्षकहरुको पेशागत हितको सुरक्षाका लागि सबै शिक्षकहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो । गण्डकी प्रदेश उपमहासचिव टिका भण्डारीले नेपाल शिक्षक संघ सदैव शिक्षकहरुको हक हितमा लागेको बताउँदै सबैजनाले मिलेर संगठनलाई बलियो बनाउनु आग्रह गर्नु भयो ।
यसै गरी नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले शिक्षकहरुको मागलाई पूरा गारउन लडिरहेको बताउनु भयो । शिक्षकहरुको मागलाई सम्बोधन गराउन नेपाली कांग्रेसले पनि नकारात्मक भएमा नेपाल शिक्षक संघ नेपाली कांग्रेसका विरुद्ध पनि ससक्त रुपमा आवज उठाउने प्रतिबद्धता व्यक्त गर्नु यभो ।
यसै गरी नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, नेपाल शिक्षक महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पोखरा महानगरका सल्लाहकार बसन्त पाण्डे, कास्की जिल्लाका निवर्तमान अध्यक्ष रमेशबाबु भट्टराई, नेपाल शिक्षक संघ कास्कीका उपाध्यक्ष पुरुषत्तोम सापकोटा, नेपाल शिक्षक महासंघ संघिय प्रतिनिधि रुम बहादुर खबास, कास्की जिल्लाका पूर्व अध्यक्ष विजय भण्डारी, ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष मणिराम कंडेल, टे्रड युनियन कांग्रेस पूर्व जिल्ला अध्यक्ष कुलदेवी बराल, शिक्षा ज्योति सहकारकिा अध्यक्ष तरानाथ भण्डारी, नेपाल ट्रेड युनियन पोखरा महानगरका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई, शिवशक्ति मा.वि.का प्रअ शम्भुराज बास्तोला, रुपा गाउँपालिकाका अध्यक्ष चन्द्रमणी पौडेल, अन्नपूर्ण गाउँपालिकाका कार्यवाहक अध्यक्ष दयाराज पौडेल, सेवा निवृत्त शिक्षक विजयलक्ष्मी कोइराला लगायतले राज्यले शिक्षकहरुमाथि धावा बोलेको आवस्थामा सबै शिक्षकहरु एकताबद्ध भएर शिक्षकको हकहितमा लाग्नुपर्नेमा जोड दिनु भयो ।
पोखरा महानगरका अध्यक्ष किरणबाबु न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षकहरुको पोशागत हकहितका लागि नेपा शिक्षक संघले विभिन्न कालखण्डमा आन्दोनका कार्यक्रम गरेको र जसका कारण विभिन्न उपलब्धि हासिल भएको स्मरण गर्नु भयो । नेपाल शिक्षक संघले शिक्षक कर्मचारीहरुका जाहेज मागका पक्षमा स्थानीय स्तरमा शसक्त भूमिका निर्वाह गर्दै आएको जनाकारी गराउनु भएको थियो ।
निवृत्त शिक्षकहरु तथा नेपाल शिक्षक संघमा नव प्रवेशी शिक्षकहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा पोखरा महानगरका उपाध्यक्ष इन्दिरा लामिछानेले स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष शर्मिाला सापकोटाले धन्वयवाद ज्ञापन गर्नु भएको थियो । अर्थ सचिव श्रीराम अर्यालले प्स्तुत गर्नु भएको लेखा परिक्षणको प्रतिवेदन र अध्यक्ष किरणबाबु न्यौपानेले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रमको सञ्चालन पोखरा महानगरका सचिव नवराज आचार्यले गर्नु भएको थियो भने महानगरका अध्यक्ष किरणबाबु न्यौपानेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।