गाउँले मिडिया / सम्वाददाता
लेखनाथ , १७ चैत्र । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपाल अन्तरगतको लायन्स क्लब अफ बेगनास तालनगरीको १० औं अधिवेशनले लायन वर्ष २०२५ / २६ का लागि बर्तमान प्रथम उपाध्यक्ष सपना सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।
यसै गरी सर्वसम्मत रुपमा निर्वाचित क्लबको प्रथम उपाध्यक्षमा उपाध्यक्षमा बिजय राज कंडेल, द्धितीय उपाध्यक्षमा धु्रव राज त्रिपाठी र तृतीय उपाध्यक्षमा बर्षा मगर निर्वाचित हुनु भएको छ । यसै गरी सचिवमा तारा आचार्य सुवेदी र कोषाध्यक्षमा विमला पौडेल सोती निर्वाचित हुनु भएको छ ।
यसैगरि क्लवको सह सचिवमा सूर्य लामिछाने, सह कोषाध्यक्षमा रोमिला गुरुङ एल सि आई एफ चिफमा अरुण चन्द्र सुवेदी र मेम्बर सिप चियर पर्सनमा समुन अधिकारी रहनु भएको छ ।
अधिवेशनले क्लबका पूर्व अध्यक्षहरुलाई निर्देशकमा चयन गरेको छ । नवनिवाचित टिमलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ ऋषिराम रानाभाटले लायन वर्ष २०२५ / २६ का लागि जहाँ आवश्यकता त्यहाँ लायन भन्ने लायन्सको भवाना अनुसार सामजिक तथा मानविय सेवाका कार्यहरुलाई ग्रामिण तहसम्म पु¥याउन अनुरोध गर्नु भयो । क्लबका सदस्यहरुसँग समन्वयका साथ अगाढि बढेमा क्लबलाई नयाँ उचाईमा पु¥याउन सकिने धारणा राख्नु भयो ।
लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष अरुण चन्द्र सुवेदीको ध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् डिपार्टमेन्ट चिफ सागर लामिछाने, क्लबका पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन केशव राज तिवारी, पूर्व अध्यक्ष शक्ति श्री तिवारी कोइराला , क्लबका पूर्व अध्यक्ष एवम् एडिसलनल क्याबिनेट सेके्रटरी प्रभा भुजेल, पूर्व अध्यक्ष बिदुर त्रिपाठी, लायन्स क्लब अफ बेगनास चौतारीका अध्यक्ष निर्मला क्षेत्री लगायतले आ आफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नव निर्विाचित अध्यक्ष सपना सुवेदीले अगामी कार्यकालमा सहहयोग गर्न क्लबका सिनियर लायन साथीहरुलाई आग्रह गर्दै सबैलाई समेटेर क्लबलाई नयाँ उचाइमा पु¥याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यसै गरी लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको तेस्रो अधिवेशनले बिभा देवि लामिछानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा राधिका भुजेल, द्धितीय उपाध्यक्षमा सुमित्रा देवि आचार्य पगेनी, तृतीय उपाध्यक्षमा सञ्जु क्षेत्री, सचिवमा दिपा गुरुङ र कोषाध्यक्षमा सरिता लामिछाने चयन हुनु भएको छ ।
क्लबका अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एक्सटेन्सन चियर पर्सन प्रभा भुजेल, गाइडिङ लाइन सागर लामिछाने लगायतले बोलेका थिए भने नव निर्वाचित अध्यक्ष बिभा देवि लामिछानेले सबै साथीहरुको सहयोग , सल्लाह र मदर क्लबको सयहोगबाट नै क्लबलाई अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै भावी योजना प्रस्तुत गर्नु भएको थियो ।