काठमाडौं । गीतकार डा.रमिल अधिकारीको शब्द र सृजनामा रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीले सङ्गीत दिएका छन् । एक प्रेमी जोडीको रोमान्टिक प्रेम कहानीलाई समेटिएर बनाइएको गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड रहेका छन् भने उक्त भिडियो रमिल कृयसन युटयुब च्यानलमा हेर्न सकिनेछ ।

‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘ लगायतका गीत बजारमा ल्याइसकेका अधिकारीका गीत दर्शकले रुचाएको पाइएको छ । “दर्शकले मेरो गीतलाई धेरै माया गरेर हेर्नु भएको छ, यो गीतलाई पनि माया गरी आगाी दिनमा पनि समय सुहाँदो परिवेश अनुसारका सन्देशमुलक गीत ल्यानका लागि सल्लाह , सुझाव एवम् हौसला प्रदान गर्नेमा आसाबादी छु”  उनले भने ।