गाउँलेमिडिया सम्वाददाता
लेखनाथ, २६ बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२८स्थित रत्नशोभा माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सव , अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका सदस्य श्रीकृष्ण लामिछानेले स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।
समग्र विद्यालयको विmकासमा अभिभावक तथा शिक्षक सबैले ध्यान दिनु पर्ने बताउँदै वडा अध्यक्ष लामिछानेले समय सापेक्ष अनुसार व्यवहारिक शिक्षामा जोड दिनु भयो । विद्यालयको समग्र शैक्षिक एवम् भौतिक विकासमा वडाबाट सहयोग गरिएको स्मरण गर्दै वडा अध्यक्ष लामिछानेले विद्यालयको आवश्यकता अनुसार आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि पोखरा २८ का वडा अध्यक्ष श्री श्रीकृष्ण लामिछानेले मन्तव्य राख्दै

त्यस्तै उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा भावि योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

विद्यालय प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रद्यानाध्यापक किरणबाबु न्यौपाने

पोखरा महानगर शिक्षा परिषदका सदस्य एवम् वडा सदस्य डाल्डादेवी भुजेलले विद्यालय ज्ञान आर्जन गर्ने साझा मन्दिर भएको बताउँदै अभिभावक, शिक्षक, प्रशासन , विद्यार्थी सबैको अपनत्व हुने गरी शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

पोखरा महानगर शिक्षा परिषद सदस्य एवम् पोखरा २८ का वडा सदस्य डाल्डा देवी भुजेल शुभकामना मत्व्य राख्नुहुँदै

यस्तै गरी नेपाली कांग्रेस पोखरा २८ इकाइ सचिव जिवन तिवारीले विद्यालयमा विद्यार्थीहरुको निगरानी राख्नुपर्ने बताउँदै समयसापेक्ष अनुसार शिक्षण गतिविधि सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेस पोखरा २८ का इकाई सचिव जिवन तिवारी

नेकपमा एमाले २८ वडा कमिटीका अध्यक्ष बिरेन्द्र भण्डारीले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुनका कारण खोज्नुपर्ने बताउँदै विद्यालय र अभिभावक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनु । यसका लागि आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउनु भयो । नेकपा माओवादीका प्रतिनिधि लालमोहन तिवारीले विद्यालयमा सबै सरोकारवालाहरुले राजनिति भन्दा माथि रहेर विद्यालयलाई अगाडि बढाउनु पर्ने सुझाव राख्नु भएको थियो ।

नेकपा एमाले पोखरा २८ का कमिटीका अध्यक्ष बिरेन्द्र भण्डारी मन्तव्य  राख्दै

यसै गरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इन्द्र बहादुर थापाले विद्यालयको विगतका गतिविधिलाई स्मरण गर्दै विद्यालय सञ्चालन गर्न सबैको साझा अवधारणा हुनुपर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इन्द्र बहादुर थापा

यसै गरी पूर्व शिक्षक श्याम बहादुर केसीले विद्यालयमा शैक्षिक गतिविधिलाई अगाडि बढाउन शिक्षकहरुको मात्रै जिम्मेवारी नभएको बताउँदै विद्यालय प्रशासन , अभिभावक , व्यवस्थापन समितिको पनि उत्तिकै जिम्मेबारी हुने बताउनु भयो । विद्यालयमा विद्यार्थी संख्यामा बृद्धि गर्न विद्यालय र अभिभावक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै छिमेकी विद्यालयहरु मर्ज भएको उदाहरण प्रस्तुत गर्दै त्यो अवस्था यो विद्यालयमा पनि आउन सक्ने संकेत गर्दै समयमा नै सरोकारवाला सबै सचेत हुन आग्रह गर्नु भयो ।

पूर्व शिक्षक श्याम बहादुर केसी , शुभकामना मन्तव्य राख्दै

यसै गरी भूपु विद्यार्थी मञ्चका संयोजक शुक्रराज शर्माले वार्षिकोत्सव कार्यक्रममा अभिभावकका गतिविधिलाई पनि जोड्न सुझाव राख्दै आगामी दिनमा कार्यक्रमलाई परस्कृत गर्दै लैजानुपर्ने सुझाव राख्नु भयो ।

भूपु विद्यार्थी मञ्चका संयोजक शुक्रराज शर्मा

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले आफ्नो कार्यकालमा भएका व्यवस्थापकिय सुधारका बारेमा चर्चा गर्दै विद्यालयमा सबैको सकारात्मक सुझाव सल्लाह भएको खण्डमा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न सकिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिमलाल आचार्य , विद्यार्थी सुस्मीता कुँवरले स्वागत गर्नु भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ का शैक्षिक पूरस्कार एवम् विभिन्न अक्षयकोषका छात्रवृत्ति ३४ जना विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने शिक्षक पार्वती तिवारी र कार्यालय सहयोगी कृष्ण बहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षकहरु राजु क्षेत्री , जुना सुनार, शिव अधिकारी र विद्यार्थीहरुले विचविचमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

शिक्षक राजु क्षेत्री र जुना सुनार लोक दोहोरी गाउँदै

पुरस्कार पाउँदा रमाएका साना बाबु नानीहरु

 

अभिभावक दिवसका अवसरमा सम्मानित हुनु भएका शिक्षक आदरणीय पार्वती तिवारी म्याडम, कार्यालय सहयोगी प्यारो भाइ कृष्ण बुढाथोकीका साथमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र पूर्व शिक्षक धनु पुन