माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान) स्याङ्जाको छैटौं अधिवेशनले चन्द्रमणी पौडेल अध्यक्ष रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
यसै गरी समितिको उपाध्यक्षमा राममाया सुवेदी, उपाध्यक्षमा कमल भट्टराई, सचिवमा सुरज मानन्धर, सहसचिवमा सूर्यप्रसाद पंगेनी र कोषाध्यक्षमा सूर्यप्रसाद रेग्मी सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
सदस्यहरुमा भोजराज शर्मा, अमृत रानाभाट, कुलबहादुर पराजुली, गोविन्द खनाल, पारिश्वर न्यौपाने रहनु भएको छ ।
कार्यक्रममा हिस्टानका केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेलले अधिवेशनको उद्घाटन गर्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपालमा आवद्ध शिक्षकहरु एकजुट हुन पर्ने बताउनु भयो । शिक्षकबीचको विभेदकारी नीति अन्त्य हुनु पर्ने बताउदै शिक्षकका हक, हित र अधिकारका पक्षमा राज्य उदार बन्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पूर्वअध्यक्ष हरि प्रसाद ढकाल, पूर्वउपाध्यक्ष शोभाकान्त अर्याल, पूर्वसचिव सूर्यमान पौडेल लगायतले शुभकामना सहित शिक्षकका आत्मसम्मानका साथ अध्यापन गराउने अवसर हुनुपर्नेमा जोड दिनु भयो । हिस्टानका अध्यक्ष गोविन्द बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक टोपराज न्यौपानेले स्वागत र सचिव अर्जुन सुवेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
अधिवेशनपछि बसेको पहिलो बैठकले अधिवेशनका क्रममा सहयोग गर्ने र निर्वाचनलाई सफलतापूर्वक सर्वसम्मतरुपमा निर्वाचित गराउन सहयोग पु¥याउने सबैप्रति धन्यवाद ज्ञापन लगायतका विविध निर्णय पारित गरिएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।








