म्याग्दी, असोज ५ । साविक उ.मा.वि. मा अध्यापनरत शिक्षकहरूको संस्था माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन म्याग्दीमा आइतबार सम्पन्न भएको छैटौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
समितिको अध्यक्षमा भरत खत्री निर्वाचित हुनु भएको छ । सर्वसम्मत रुपमा चयन गरिएको समितिको महिला उपाध्यक्षमा गंगा बानिया, उपाध्यक्षमा गम्भिर ढकाल, सचिवमा बिमल वरुवाल, सह सचिवमा कमला खत्री जि.सी., कोषाध्यक्षमा दिपक अर्याल रहनु भएको छ ।
यसै गरी सदस्यहरुमा बाबुराम पौडेल, दिपक सिंह, करण कंडेल, विष्णु खत्री, कुलराज आचार्य, दिपक विष्ट, गण्ेश पुन, गोविन्द रिजाल, दिपक आचार्य रहनु भएको समाचारमा जनाइएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि कविराम थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो भने समितिका सदस्यहरूमा देवराज शर्मा र गोरखनाथ सुवेदी रहनु भएको थियो । निर्वाचन समितिका संयोजक कविराम थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष भरत खत्रीले साविक उच्च माविका शिक्षकहरुको पेशागत हकहितका लागि केन्द्र, प्रदेश सँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको कुरा निर्वाचन समितिका संयोजक कविराम थापाले जानकारी दिनु भयो ।