नहरको पानीले गाउँ झिलिमिली

  • ख-
  • ख+

१८ कात्तिक, पोखरा । नहरमा बगेको पानीबाट निकालिएको बिजुलीले पोखराको वडा नम्बर १७ झिलीमिली भएको छ ।

राममन्दिर नजिकको नहरमा बगेको पानीबाट बिजुली निकालिएको हो । फेवा तालबाट गएको नहरमा बगेको पानीमा पिको हाइड्रो काइनेटिक पावर जेनेरेटर ‘काप्पा’को प्रयोग गरेर विजुली निकालिएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, जाइका, पोखरा उद्योग वाणिज्य संघ तथा इवासेइको संयुक्त पहलमा जापानबाट ल्याइएको उक्त काप्पाको प्रयोग गरेर २ सय वाट विजुलीले राम मन्दिरमा बिजुली जोडिएको छ ।

शुक्रबार साँझ एक कार्यक्रमबीच कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले परियोजनाको उदघाटन गरेका हुन् । उदघाटन गर्दै उनले यस्ता परियोजनाले नेपालका विकट क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा गरे ।

नेपालस्थित जापानी राजदूतावासका सल्लाहकार नारुओ काटेले जापान सरकार नेपालका विभिन्न क्षेत्रमा लागनी गर्न इच्छुक रहेको धारण राखे । उनले यसका लागि अहिले नेपालमा वातारण निर्माण भइरहेको उनको भनाइ छ । नेपालमा अगामी दिनमा जापानी लगानी अझै बढ्ने उनले बताए ।

जाइकाका आवासिय प्रतिनिधि जुन साकुमाले पोखरामा सन् २०२२ सम्ममा शुद्ध पानी उपलब्ध गराउने योजना रहेको सुनाए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधि रणबहादुर थापाले राममन्दिरमा प्रयोग गरिएको काप्पा २० लाख रुपैयाँ खर्च गरेर जापानबाट ल्याइएको जानकारी दिए ।

थापाका अनुसार, नेपालमै यो प्रविधि विकास गर्न काठमाडौंको नेपाल यन्त्रशाला र बालाजु यन्त्रशालामा अभ्यास भइरहेको छ । ‘नेपालमा नै यसका सामग्री निर्माण गर्न सके ४ लाख रुपैयाँ लागतमा २ सयदेखि ४ सय वाट विद्युत निकाल्न सकिन्छ’, थापाले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी