पोखरा, असोज ८ । पोखरा महानगरपालिका वडा नंं२८ स्थित माझठाना स्वास्थ्य चौकीमा सामाजिक सुरक्षा कोषमा श्रमिकको अधिकार र पहुँच सम्बन्धि विषयक एक दिने अभिमुखकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
शान्तिका लागि साझा अभियान कोक्याप गण्डकी प्रदेशको आयोजना, वडा कार्यालय पोखरा २८ को समन्वय र माझठाना स्वास्थ्य चौकीको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख डिपी सुन्दर पराजुलीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना सम्बन्धि विषयमा सहजीकरण गर्नु भएको थियो । श्रमिकको जोखिम व्यवस्थापन, विपतीको सारथी नै सामाजिक सुरक्षा कोष भएको स्पष्ट पार्नु भयो । सामाजिक सुरक्षा कोषको योजनाका बारेमा जानकारी दिंदै पराजुलीले औपचारी क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार क्षेत्र र बैदेशिक श्रमिक क्षेत्रमा सामाजिक सुरक्षा कोष कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख डिपी पराजुली

नेपाल सरकारले २०७५ साल देखि योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागु गरेको जानकारी दिंदै पराजुलीले व्यक्तिले योगदान गरे वापत औषधी उपचार, स्वास्थ्य मातृत्व सुरक्षा, घातक रोग सम्बन्धि उपचार सुविधा, विशेष सापटी, घर घडेरी कर्जा, शैक्षिक कर्जा, करमा छुट लगायत विविध सेवा सुविधाहरु प्राप्त गर्न सक्ने स्पष्ट पार्नु भयो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनलाईन प्रविधिको माध्यमबाट आवद्ध हुन सकिने जानकारी दिंदै सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख पराजुलीले सामाजिक सुरक्षा कोषबाट श्रमिक तथा कर्मचारी, रोजगारदाता र राज्यलाई फाइदा हुने बताउँदै सामाजिक सुरक्षा कोष बुढेसकालको पेन्सन भएको बताउनु भयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि , पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कार्यक्रमको उद्धेश्यलाई बुझेर परिणाममुखी बनाउनुपर्ने बताउनु भयो । यस अघि पनि यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउँदै अध्यक्ष लामिछानेले कार्यक्रमको गहिराइमा पुग्न नसकिएको बताउनु भयो । कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताउनु भयो । महानगरबाट नै योगदानमा अधारित सामाजिक सुरक्षा कोष सम्बन्धि कार्यक्रम ३३ वटै वडाहरुमा सञ्चालन गर्न सके कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

पोखरा २८ वडा अध्यक्ष, श्रीकृष्ण लामिछाने

आगामी दिनमा महानगरको सामाजिक महाशाखा मार्फत यस कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउदै वडा कार्यालयबाट थोरै संख्यामा मात्रै भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी कोक्याप केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेशका अध्यक्ष बिर बहादुर किसानले राज्यका विभिन्न निकायबाट नागरीकले पाउने सेवा सुविधाका बारेमा शान्तिका लागि साझा अभियानले झक्झकाएकाले नागरीकले सेवा सुविधा प्राप्त गरेको स्पष्ट पार्नु भयो ।

कोक्याप गण्डकी प्रदेश अध्यक्ष, बिर बहादुर किसान

विशेष गरी रोजगार नभएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई उनीहरुलाई भविष्यको साहारा बनाउनु नै यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको उहाँले स्पष्ट पार्नु भयो ।
श्याङजा फेदीखोला गाउापालिकाले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरेको बताउनु भयो । यसै गरी बाग्लुङको ताराखोला गाउँपालिकाले पनि यस कार्यक्रमलाई अंगिकार गरेको बताउँदै यस वडा भित्र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको पहिचान गरी योजनाबद्ध तरीकाले यस कार्यक्रममा जोडिन पहल गर्न वडा अध्यक्षलाई आग्रह गदै उहाँले बेरोजगार श्रमिकको लागि सामाजिक सुरक्षा कोष पेन्सन बन्न सक्ने बताउनु भयो ।
यसै गरी कार्यक्रम अधिकृत सुशिला नेपालीले यस वडाबाट आगामी दिनमा श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विश्वास व्यक्त गर्नु भयो । गाउँपालिकाले यस कार्यक्रमलाई सुरुवात गरेको बताउँदै यस वडाबाट थोरै संंख्यामा भए पनि यस कार्यक्रम सहभागी गराउ सके महानगरमै उदाहरणीय कार्य हुने बताउनु भयो ।

कार्यक्रम अधिकृत सुशिला नेपाली

कार्यक्रममा पोखरा २८ का वडा सचिव महेश अर्याल, माझठाना स्वास्थ्य चौकी प्रमुख बिनोद तिवारी, सहभागीको तर्फबाट श्याङ्खदी दुग्ध संकलन केन्द्रका अध्यक्ष टिकाराम लामिछाने , रत्नशोभा माविका शिक्षक कमला पौडेल खत्री लगायतले कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा आफ्नो टोलमा यसको महत्वका बारेमा जानकारी गराउने स्पष्ट पार्नु भएको थियो ।

सहभागी