लेखनाथ, ५पुस । पुस ३ गते देखी कास्कीको लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सव हेरेर घर फर्कदा झोलामा तरकारी लिएर जान पाईने भएपछि धेरैको चासो वढेको छ ।
विगतका महोत्सवमा भन्दा यस पालीको महोत्सवमा प्रबेश गेटबाट नै स्यानिय कृर्षि उत्पादनका स्टलहरु रहेकाले दर्शकले आफुलाई आवस्यका पर्ने तरकारी देखि कृर्षि औजार लान र कृर्षिका वारेमा परामर्श गर्न पनि पाएकाले यस पटकको महोत्सवमा कृर्षि प्रदर्शनीका स्टललाई अभिरुचिका साथ दर्शकले निगाल्न पाएका हुन् ।
घरमा भरखरै लगाएका आलु,काउली,बन्दा,मुला खाने वेला नभईरहेको अवस्थामा मेला हेर्न पनि पाईने फर्कदा दुई ÷चार दिनलाई जोगो हुने गरि तरकारी लिएर जान पाईने भएकाले पनि महोत्सवमा आएकी पोखरा ३१ पचभौया निवासी राधा थापाको भनाई रहेको छ ।
महोत्सवमा राखिएका कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७५ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेको कृर्षि प्रर्दशनी उप समितिका.संयोजक दयाराम तिवारीले बताएका छन् ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत गरिने तिवारीले जानकारी दिए ।
महोत्सवमा रहेका कृषिका २४ स्टलहरु मध्ये ताजा तरकारीका ८, सुन्तला तथा फलफुलका ९, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल र रुपातालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ । महोत्सवमा दैनीक सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको छ ।
वि स २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ११ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर तीन सय केजी भन्दा बढि सुन्तला बिक्रि हुने गरेको छ ।
ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरु देखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन ।
कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन ।
स्थानिय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव भित्र अवलोकन गर्न आउने र दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ ।
यसैबिच महोत्सवको तेस्रो दिन शनिवार परेकाले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ १ करोड ५० लाख बरावरको भएको अनुमान गरिएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएकी छन् ।









