पोखरा / मंसिर २ । लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ पत्रकार मञ्च बिच छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ पत्रकार मञ्च बिचको सम्बन्ध नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिनु भयो । यस क्षेत्रको समग्र विकासमा यस क्षेत्रमा क्रियासिल रहेका पत्रकारको महत्वपूर्ण भुमिका हुनुपर्ने बताउँदै उद्योग वाणिज्य संघले आयोजना गरेका विगतका महोत्सवहरुलाई सफल पार्न पत्रकार मञ्चको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो ।
पत्रकारहरुले आफ्नो सिप र क्षेमतालाई प्रयोग गर्दै अगामी पुष ३ गते देखि सञ्चालन हुने २१ औं संस्करणको लेखनाथ महोत्सवको प्रचार प्रसार गर्न आग्रह गर्नु भयो । आफूले संस्थागत रुपमा पत्रकार मञ्चलाई विगतका वर्ष जस्तै गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष एवम् महोत्सव निर्देशक बिनोद श्रेष्ठले पत्रकारहरुले सत्य तथ्यका आधारमा कलम चलाउन आग्रह गर्दै आगामी दिनमा आपसी समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले एक आपसमा भएका असमजदारीलाई छलफलको माध्यमबाट आपसी सहमतीबाट समस्या समाधान गर्नुपर्ने बताउँदै उपस्थित सबैलाई धन्यवादन ज्ञापन गर्नु भयो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवम् प्रचार प्रसार समितिका संयोजक धु्रव बाबु भट्टराईले समग्र लेखनाथ क्षेत्रको बिकासका लागि पत्रकारहरुले गहिराईमा पुगेर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आगामी पुष ३ गते देखि सञ्चालन हुने २१ औं संस्करणको महोत्ववलाई सफल पार्न प्रचार प्रसार गर्न आग्रह गर्नु भयो । यसै गरी लेखनाथ पत्रकार मञ्चको तर्फबाट मञ्चका अध्यक्ष विष्णुहरी पौडेलले लेखनाथ क्षेत्रलाई पहिचान गराउने लेखनाथ महोत्वसव महत्वपूर्ण रहेको बताउँदै महोत्सवलाई सफल पार्न विगतमा जस्तै यस वर्ष पनि सहयोग गर्ने बताउनु भयो । महोत्सवलाई सफल पार्न दुइ संस्था बिच आपसी समन्व्य हुन जरुरी रहेको धराणा व्यक्त गर्नु भयो । मञ्चकै निवर्तमान अध्यक्ष कविराज खनालले लेखनाथ क्षेत्र पर्यटनको दृष्टिकोणले मात्र नभई कवि शिरोमणी लेखनाथ पौडेलको नामबाट परिचित यस क्षेत्रको विकासमा सबै पक्ष सकारात्मक हुन आवश्यकता औंल्याउनु भयो ।
यसै गरी मञ्चका संस्थापक अध्यक्ष भिमपाणी बरालले लेखनाथ पत्रकार मञ्चको स्थापना गर्न लेखनाथ उद्योग वाणिज्य संघको सहयोगको स्मरण गर्दै यस क्षेत्रको विकासका लागि लेखनाथ उद्योग वाणिज्य संघले अभिभाकत्वको भूमिका निर्वाह गर्न सुझाव राख्नु भयो । सञ्चार क्षेत्रको विकासनै यस क्षेत्रको विकास हो भन्दै बरालले यस क्षेत्रका सञ्चारकर्मीलाई टिकाइराख्न लेखनाथ उद्योग वाणिज्य संघले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
यसै गरी पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन लेखनाथ महोत्सव अनिवार्य हुने बताउँदै २१ औं संस्करणको लेखनाथ महोत्सवको प्रचार प्रसारका लागि मिडिया सचिवालयको व्यवस्थापन गर्न सुुझाव राख्नु भयो ।
पत्रकार मञ्चका उपाध्यक्ष सन्दिप पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद लामिछाने , सचिव रामशरण नेपाली, सह सचिव सुजित परियार, पूर्व कोषाध्यक्ष राजन परियार लगायतले लेखनाथ महोत्वसको प्रचार प्रसारलाई आधुनिक तरिकाले प्रचार प्रसार गर्नुपर्ने बताउँदै महोत्वसमा स्थानिय कलाकारलाई पनि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।









