१५ औं सस्करणको लेखनाथ महोत्सव आज देखि शुरु हुँदै

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ५ पौष ।
महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ आज पुस ५ गते देखि १६ गते सम्म संचालन हुने १५ औं सस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने उदेस्यले कास्कीको लेखनाथमा रहेको लेखनाथ उद्योग बाणिज्य संघ र विभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा हुन लागेको लेखनाथ महोत्सवको उद्घाटन अर्थमन्त्रिी युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष राजेन्द्र ओभाmले जानकारी दिए । सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्न सैलीबाट गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउदै एउटै थलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने उदेस्य राखिएको छ ।
करिव ५० रोपनी क्षेत्रफल भित्र फौलिएको महोत्सव स्थलभित्र कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रर्दशनी, सुचना प्रविधी, फुड एण्ड बेभरेज, घरेलु हस्तकाल, बैक तथा वित्तिय सस्था लगाएका करिव तीन सय ५० वटा स्टलहरु बुकिङ भइसकेको र हरेक दिन फरक फरक सैलिका मनोरञ्जतात्मक कार्यक्रमहरु समाबेस गरिएकाले हामीले यसलाई महोत्सवको पनि महोत्सवको रुपमा लिएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । संघका उप महासचिव तथा प्रचार प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सव अबधिभर तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थीक कारोवार हुने अयोजकको दाबी रहेकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्