लेखनाथ महोत्सवमा कृर्षि उत्पादनमा दर्शकको आकर्षण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ८ पुष ।
लेखनाथको तालचोकमा जारी १५ औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृर्षी उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ । उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि मोत्सव स्थल भित्र राखिएका कृषि जन्य उत्पादन, हस्तकला, माछा, मह र घरेलु हस्ताकलाका उत्पादनमा दर्शकको चोसो बढेको हो । कृर्षिजन्य उत्पादनलाई प्रबद्धन गर्ने उदेस्यले महोत्सव स्थल भित्र दुई बटा माछाका स्टलबाट दैनिक सय केजी भन्दा बढि माछा विक्रि भएको रुपाताल पुर्नस्थापन तथा मत्स्य सहकारी सस्थाका अध्यक्ष लेखनाथ ढकालेले जानकारी दिएका छन् । उनका अनुसार रुपातालमा उत्पादीत माछा दर्शकको आवस्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।
यसैगरि ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेशगरि स्थानिय आलु,काउली, बन्दा, गोलभेडा र प्याजको दैनिक हजार केजी भन्दा बढि विक्रि भएको कृषिका संयोजक दयाराम तिवारीले जानकारी दिएका छन् । यसैगरि महोत्सवमा राखिएको सुन्तलाको स्टलबाट दैनिक एक हजार केजी भन्दा बढि सुन्तलाको विक्रि हुदै आएको उनले बताएका छन् ।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा ब्यापारिक प्रयोजन सगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीताका लागि छनोटमा परेका छ बिद्यालका प्रतिस्पर्दी र गायन विधाको गण्डकी ताराको पहिलो चरणमा पुगेका १० प्रतियोगीकोे प्रस्तुती रहेको थियो भने मातृशक्तिको सम्मानमा राखिएको रत्यौली गीत प्रतियोगितामा तोरीचौर आमा समुह र कटुञ्जे आमा समुहको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।
यसैबिच महोत्सवको चौथो दिनसम्म आईपुग्दा दर्शकको चापसगै कारोवारमा पनि बृद्धि हुदै आएका बताईएको छ । आईतवार आर्थीक कारोवार तर्फ करिव एक करोड २० लाख र दर्शकको सहभागीता करिव १५ हजार रहेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।
महोत्सवको पाचौं दिन सोमबार दोहोरी तर्फ प्रजापति पराजुली, रामजी खांड, कृष्ण अखेली, भुमिका गिरी, मिना अधिकारी, सरिता सारु मगर, हास्य तर्फ काउली बुढी, लाईभ पप कन्र्सट तफकृष्यण काफ्ले, काउली बुढीको प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्