लेखनाथ महोत्सवको गण्डकी तारामा सात जना छनोट

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १२ पुष ।
लेखनाथ महोत्सवको मुख्य आकर्षणको केन्द्रविन्दुका रुपमा रहेको लुकेको प्रतिभाको खोजी अन्तर्गत गायन विधाका लागि सात जना प्रतिश्पर्दी छनोट भएका छन् ।
पहिलो चरण्मा प्रबेश गरेका ४३ जना प्रतिश्पर्दीलाई पछि पार्दै पोखरा २९ का निगम सुनार, पर्बतका रोशिष थापा, पोखरा ५ का बशन्त थापा, चितवनका खुसी परियार, पोखरा १० का पल्वबी किरण भटराई,पोखरा १० का राम गुरुङ र पोखरा ३० का निशान बराल छनोटमा परेका हुन् सुक्रवार हुने प्रतिश्पर्दाबाट चार जनाको छनोट गरिने र गण्डकी तारा विजेतालाई रु ५० हजार,उप विजेतालाई ३५ हजार ,तृृतियलाई २०हजार र सान्तोनालाई रु १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगीताका संयोजक ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस १६ गतेसम्म चल्ने महोत्सवमा दिन प्रतिदिन दर्शकको चाँपसगै र्र्र्र्र्र्र्आिर्थक कारोबारमा पनि बृद्धि हुदै गएको छ । महोत्सवको आठौ दिन मात्र करिव १५ हजार दर्शकले मेलाको अवलोकन गरेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् । अघिल्ला दिनको तुलनमा दर्शकको सख्या सगसगै कारोवारमा पनि बृद्धि भएकाले विहिवार मात्र करिव एक करोड ५० लाख रुपैया बरावरको र्र्र्र्र्आिथक कारोवार भएको र हालसम्म १० करोड ५० लाख रुपैया बरावरको आर्थीक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाको दावी रहेको छ ।
यता महोत्सवको नवौं दिन सुक्रवारका लागि लोक दोहोरी तर्फ पशुपति शर्मा , सम्झना लामिछाने मगर, जिबन दाहाल, सरला पाण्डे, संकर पन्त, दुर्गा सापकोटा, पशुराम अधिकारी र लक्ष्मी बानियाँको प्रस्तुती रहने र हास्य कलाकार तर्पm शैलेन्द्र सिङखडाका साथै साँझको पप कन्र्सटमा चर्चित ¥यापर लाहुरे,रुपक डोटेल र सन्तोष बस्यालको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्