गाउँले मिडिया सम्वाददाता
लेखनाथ / बैशाख २७ । लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशान तथा चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । आधिवेशनले अगामी कार्यकालका लागि विष्णुहरि पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, कोषाध्यक्षमा कृष्ण प्रसाद लामिछाने र सह सचिवमा सुजित परियारलाई सर्वसम्म रुपमा चयन गरिएको छ । त्यस्तै गरी सदस्यहरुमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहनुभएको निर्वाचन मण्डलका संयोजक महेश्वर पाण्डेले जानकारी दिनु भयो ।
छ ।
अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पत्रकारीता क्षेत्र चुनौतीपूर्ण रहेको बताउँदै समग्र यस क्षेत्रको विकासका लागि पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयो । पत्रकारले सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताउनु भयो । एक फरक प्रसंगमा साभासद गुरुङले लेखनाथ छुट्टै स्थानयि तह भएको भए विकास निर्माणका कार्यले गति लिने आफूलाई महशुष भएको बताउनु भयो ।
यसै गरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरता सँगै यस क्षेत्रको विकासका लागि यहाँका सामाजिक संस्थाहरु बीच सहकार्य र एकता राम्रो रहेको भन्दै प्रशंसा गर्नुभयो ।
मञ्चका अध्यक्ष कविराज खनालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सचिव विष्णुहरि पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशिल महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मञ्चको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ, पुरस्कार अक्षयकोषदाता पोखरा ३० का शेरबहादुर गुरुङ, सहयोगदाता पोखरा ३२ का बुद्धिमान गुरुङ, पोखरा २९ आदर्श हार्डवेयरका सञ्चालक विजय गुरुङ, र पोखरा २६ का नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछानेलाई सम्मान गरिएको थियो भने अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन आवश्यक परिमार्ज सहित सर्वसम्मत रुपमा पास गरिएको थियो ।