लेखनाथ महोत्सव सफलताको नजिक

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १३ पुष ।
लेखनाथको तालचोकमा जारी १५ औं संस्करणको लेखनाथ महोत्सवको नवौ दिनसम्म आइपुग्दा महोत्सव अझ उत्साही रुपमा सफलता पुर्वक अगाडी वढेको छ । महोत्सव दिन प्रतिदिन सकिदै उत्र्तराद्ध तिर छ उति उति दर्शकको भिडँभाड र चापसंगै नाच्ने नचाउनेको वढो उत्साहका साथ अगाडी वढेको देखिन्छ ।
महोत्सवमा वरपरका स्थानीय, अन्य जिल्ला र विभिन्न क्षेत्रवाट आएका दर्शकहरु आफन्त, साथीभाई र सहपाठीसँग दुःख, सुख, किनमेल र भेटघाट अनि खुसी र नाच गान मै व्यस्त देखिनुले महोत्सव सफलताको नजिक पुगेको हो । पुस ५ गते देखि सुरु भएको महोत्सवको नवौ दिनसम्म आईपुग्दा दिन प्रतिदिन दर्शकको चाँपसगै र्र्र्र्र्र्र्आिर्थक कारोबारमा पनि बृद्धि हुदै गएको आर्थिक संयोजक राजेन्द्र ओझाको दावी रहेको छ उनका अनुसार महोत्सव स्थलमा शुक्रवार मात्र २ करोड ५० लाख बरावरको र्र्र्र्र्र्र्आिर्थक कारोवार भएको र अहिलेसम्म १३ करोड ५० लाख रुपैयाको बरावरको आर्थिक कारोवार हुन सफल भएको छ भने हाल सम्म २ लाख ५० हजारले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।
हरेक दिन बिहान १० बजे देखि साझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि महिला सम्मानका लागि रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी ताराका प्रतिस्पर्दीको प्रस्तुती, थारु समुदायमा नाचिने छारोइ नाच साथका ख्याती प्राप्त दोहोरी कलाकार पशुपति शर्माकोे लोक दोहोरी, हाश्य कलाकार शैलेन्द्र श्रृखडा र साझँमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सट लाहुरेले महोत्सवलाई थप रोचक बनाएका थिए ।
यसरी सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा र तिन सय ५० स्टलवाट उपभोक्ता देखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसगै उत्पादीत बस्तुको वजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्