गाउँले मिडिया सम्वाददाता
लेखनाथ\ २८ बैशाख । पोखरा महानगरपालिका वडा नंं२६ स्थित रिलायन्स पब्लिक स्कुलले जेष्ठ नागरीक केन्द्रमा फलफूल वितरण गरेको छ ।
विश्व रेडक्रस दिवसको अवसरमा पोखरा–२६ मा रहेको रिलायन्स पब्लिक स्कूलको जुनियर रेडक्रस सर्कलले पोखरा–२६, बुढीबजारस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा फलफूल वितरण गरी कार्यक्रम मनाएको हो ।

सर्कलकी अध्यक्ष निष्ठा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, पोखरा–२६ राखी उपशाखाका अध्यक्ष अम्बिका मोहन भट्टराईले बालबालिकाले गरेको मानविय सेवाका कार्यको सबैले अनुसरण गर्न आवश्यक भएको बताउँदै समाजका जेष्ट नागरीकको सेवा नै धर्म हुने बताउनु भयो ।

कार्यक्रम मा लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। फलफूल वितरण ज्येष्ठ नागरिक सेवा केन्द्रका संयोजक राममणि बरालमार्फत गरिएको थियो।

विद्यालय सञ्चालन समितिकाअध्यक्ष कमल रानाभाटले स्वागत गर्दै रिलायन्स पक्लिक स्कुलले विद्यार्थीहरुलाई कक्षा कोठामा पढाइका अलवा विभिन्न व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममाथि प्रकाश पार्दै अध्यक्ष रानाभाटले शैक्षिक कार्यपात्रो २०८२ अनुसार विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउने उद्धेश्यले विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरिंदै आएको जानकारी गराउनु भयो । सर्कल सचिव जेसिका खड्काले संचालन गर्नु भएको कार्यक्रममा सर्कलका उपाध्यक्ष दीक्षा पुर्जाले रेडक्रसका सात सिद्धान्तहरूको वाचन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक नायक लक्ष्मण भुजेल र विद्यालय संयोजक टेकनाथ आचार्यले गर्नुभएको कुरा अध्यक्ष कमल रानभाटले जानकारी दिनु भयो ।