गाउँले मिडिया सम्वाददाता
लेखनाथ / २ जेठ । पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयमा सदन विभाजन एवम् जुनियर युवा रेडक्रस सर्कल पूनर्गठन गरिएको छ ।
शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउने उद्देश्यले कक्षा ३ देखि १२ सम्मका विद्याथीलाई क्रमशः सगरमाथा, अन्नपूर्ण , धौलागिरी र माछापुच्छ«े हिमालको नामबाट चार सदनमा विभाजन गरिएको हो ।
सगरमाथा सदनबाट सदन क्याप्टेनमा वर्षा सुनार र भाइस क्याप्टेनमा सुमित भुजेल, अन्नपूर्ण सदनबाट सदन क्याप्टेनमा स्मृति बुढाथोकी र भाइस क्याप्टेनमा विजय भुर्तेल छनौट हुनु भएको छ । यसै गरी धौलागिरी सदनबाट सदन क्याप्टेनमा एलन गुरुङ र भाइस क्याप्टेनमा सलिना गुरुङ रहनु भएको छ भने माछापुच्छ«े सदनबाट सदन क्याप्टेनमा स्मृति गुरुङ र भाइस क्याप्टेनमा विजय परियार छनौट हुनुभएको कुरा अतिरिक्त क्रियाकलाप प्रमुख भागीरथी ढकालले जानकारी दिनु भयो ।
जुनियर युवा रेडक्रस सर्कलको अध्यक्षमा एलन गुरुङ
सोही विद्यालयमा जुनियर युवा रेडक्रस सर्कल पूनर्गठन गरिएको छ । जसको अध्यक्षमा कक्षा ९ का एलन गुरुङ सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
यसै गरी उपाध्यक्षमा सिजल भुजेल, सचिवमा सम्पन्न परियार , कोषाध्यक्षमा सिम्रन तिवारी , सह सचिवमा सविन गुरुङ चयन हुनु भएको छ । त्यस्तै गरी सदस्यहमा राजेश तिवारी, सुलभ अधिकारी, सुस्मिता कुँवर र नम्रता बास्तोला सर्वसम्मत रुपमा चयन हुनुभएको कुरा शिक्षक नायक भेषराज सुवेदीले जानकारी दिनु भयो ।