अब श्रम स्वीकृति पोखराबाटै जारी गरिने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

अब श्रम स्वीकृति पोखराबाटै जारी गरिने
पोखरा, २६ पुस
गण्डकी प्रदेशको राजधानी पोखराबाटै बिहीबारदेखि श्रम स्वीकृति जारी गर्ने भएको छ । वैदेशिक रोजागरीमा जाने कामदारहरुले सहजता लागि श्रम स्वीकृति लिन पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि श्रम स्वीकृति जारी गर्ने लागेको हो । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो। यसअघि काठमाडौंमा श्रम स्वीकृति लिन जाने दैनिक एक हजार युवाहरुले समय, खर्च र सास्ती व्यहोर्नुपरेको थियो। सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर र प्राविधिक िपोखरा आइपुगेका छन् । सबै प्रणाली तयार गर्ने र बिहीबार देखि सहिद चोकस्थित जिल्ला समन्वय समिति भित्र रहेको श्रम कार्यालयबाट सेवा सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्