कार ¥याली मार्फत नवौं पोखरा महोत्सबको निम्तो

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २६ पुष ।
युनाइटेड क्लब पोखराले आज शुक्रबार देखी अमरसिंह चौरमा आयोजना गर्ने नवौ संस्करणको पोखरा महोत्सबको लािग निम्तो दिदै विहीबार कार ¥याली सम्पन्न गरेको छ । लेखनाथको पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा जान चाहने दर्शकहरुलाई महोत्सब स्थलबाट निशुल्क लैजाने जंगलको झल्को दिने गरी सजावट गरिएको बस सहित पोखरेलीहरुलाई निम्तो दिदै बिहीबार कार्रयाली सम्पन्न गरेको हो ।

सो ¥यालीको उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवको महोत्सवमा सुरक्षामा कुनै कसुर बांकी नरहने गरी प्रहरी परिचालन गर्ने वताए । महोत्सवलाई सवैले आ आफ्नो ठाउबाट सहयोग गरी भब्य र सभ्य बनाउन सवैलाई राना मगरले आग्रह समेत गरे । सो अवसरमा बोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले ¥यालीमा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै महोत्सवलाई सवैले मिलेर भब्य र सभ्य बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।

महोत्सव स्थल अमरसिंह चौरबाट शुरु भएको ¥याली, अमरसिंहचोक, विरेन्द्रचोक, रामबजार, घलेचोक, घारीपाटन, बिरौटा, ड्यामसाइड, राष्ट्रबैङ्कचोक, सहिदचोक, बैदाम, अमबोट, गौरीघाट, बाराहीचोक, हल्लनचोक, नारेश्वर, जरेबर, जिरो किमी, सिर्जनचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, फुलबारी, रानीपौवा, गुम्बाफेदी, मियापाटन हुदै महोत्सव स्थलमा आएर टुङ्गिएको कार ¥याली ब्यवस्थापन समिती संयोजक सन्तोष कार्कीले जानकारी दिए । यही पुष २७ गते देखि माघ ८ गते सम्म सञ्चालन गरिने महोत्सव शुक्रबार १२ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने आयोजकले जानकारी दिएकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्