लेखनाथ/ ४ जेठ । साविक माझठाना गाविस वडा नं.९ हाल पोखरा महानगरपालिका वडा नं २८ स्थित रत्नशोभा मावि पूर्व विद्यार्थीहरुका विच पुर्नमिलन कार्यक्रम गरिएको छ ।
कास्कीको पर्यटकीय गाउ ल्वाङमा राखिएको कार्यक्रममा रत्नशोभा माविमा वि स २०५० सालमा अध्यानरत विद्यार्थीहरुका विच परिचयात्मक तथा भावी योजनाका वारेमा छलफल गरीएको बताइएको छ । कार्यक्रममा सवै तहका विद्यार्थीहरुलाई समेटेर भू पु विद्यार्थी एशोसियसनका गतिविधीलाई अगाडी वढाउन सहयोग गर्ने निर्णय गरिएको छ ।
रत्नशोभा माविमा अध्यानरत बिद्यार्थीहरु रोजगारीका सिलसलामा स्वदेश तथा विदेशमा रहेपनि आफू पढेको विद्यालयको शौक्षिक विकासका लागि आ–आफनो स्थानबाट सक्दो सहयोग गर्नका लागि भेलाले सवैमा अनुरोध गर्ने निर्णय गरेको भेला आयोजक कमिटीका सदस्य धु्रवराज आचार्यले जानकारी दिनु भयो ।
भेला आयोजक कमिटिका संयोजक ऋक वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवस्थापन कमिटिका संयोजक दिनेस तिवारीले रत्नशेभा मावि पोखरा महानगरपालिका भित्र रहेर पनि ग्रामिण भेक नै भएकाले यस विद्यालयको भौतीक तथा शौक्षीक विकासका लागि राज्य तहमा आवज उठाउनु पर्नेमा जोड दिदै सबैले आफ्नो स्थानबाट सहयोग गर्नका लागि कार्यक्रमका बक्ताहरुले अपिल समेत गर्नु भएको थियो ।
वि स २०५० सालको एस ल सी ब्याजले राखेको कार्यक्रममा सम्पर्कमा नआएका साथीहरुको खोजी गरि सवैलाई संगठित वनाउदै अगाडी वढ्ने र आगामी दिनमा सवै विद्यार्थीहरु मिलेर सामाजिक क्षेत्रमा देखिने खालको कार्यक्रम गर्ने निर्णय समेत गरेको भेला आयोजक कमिटिका सदस्य सनकमोहन तिवारीले जानकारी दिनु भयो ।