गाउँले मिडिया /सम्वाददाता
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालले क्याबिनेट अफिसर्सका लागि स्कुलिङ कार्यक्रमको तयारी गरेको छ । गण्डकी प्रदेशको राजधानी सुन्दर नगरी पोखरामा जेठ ९ र १० गते होटल ग्राण्ड बिरौटामा हुने भएको छ । दुइ दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा लायन वर्ष २०२५ / २६ का लागि डिष्ट्रिक्टका विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिने लायन वर्ष २०२५/२६ का निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन एकनारायण शर्माले जानकारी दिनु भयो ।
पदीय जिम्मेवारी अनुसार जोन चियर पर्सन, रिजन चियर पर्सन, जिएसटी , जीएमटी र जीएलटी लायन लिडरहरुलाई समूहगत रुपमा प्रशिक्षण दिइने छ । जोन चियर पर्सनलाई संस्थापक डिष्ट्रिक्ट डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्नबज्रचार्यले प्रशिक्षण दिनुहुने छ भने रिजन चियर पर्सलाई डिष्ट्रिक्ट गभर्नर सुमन भट्ट क्षेत्रीले प्रशिक्षण दिनुहुने छ । यसै गरी जि एल टी, जीएसटी र जीएमटी लायन लिडरहरुलाई निर्वाचित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन तारा भुसाल र निर्वाचित द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन तेजनारायण पराजुलीले प्रशिक्षण दिने कार्यक्रम रहेको बर्तमान चिफ एड्भाइजर लायन बाबुराम अधिकारीले जानकारी दिनु भयो ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लायन वर्ष २०२५/२६ का निर्वाचित डिष्ट्रिक्ट गभर्नरले जुलाई महिना देखि सुरु हुने आफ्नो कार्यकालमा गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । दुई दिन सम्म आवासिय रुपमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० गते बिहान योग शिक्षक लायन झम्कनाथ पोखरेलद्धारा योगाध्यान सिकाईने कार्यक्रम समेत रहेको क्याबिनेट चिफ पि आर ओ लायन केशब पौडेलले जानकारी दिनु भयो ।
काठमाडौं, गोर्खा, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १५५ जना लायन लिडरहरुको प्रशिक्षण कार्यक्रममा सहभागीता रहने आयोजकले जनाएको छ । नेपालमा हाल लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छन् भने डिष्ट्रिक्ट ३२५ एलमा १ सय १२ वटा क्लबहरु रहेका छन् ।