गाउँले मिडिया /सम्वाददाता
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालले क्याबिनेट अफिसर्सकाे  स्कुलिङ कार्यक्रम  आाजबाट सुरु हुँदै छ ।  गण्डकी प्रदेशको राजधानी सुन्दर नगरी पोखरामा आाज जेठ ९ र १० गते होटल ग्राण्ड बिरौटामा हुने भएको हाे । दुइ दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा लायन वर्ष २०२५ / २६ का लागि डिष्ट्रिक्टका विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिने लायन वर्ष २०२५/२६ का निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन एकनारायण शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा पदीय जिम्मेवारी अनुसार जोन चियर पर्सन, रिजन चियर पर्सन, जिएसटी , जीएमटी , जीएलटी , जीएटी,  जीइटी र जीएटी लायन लिडरहरुलाई समूहगत रुपमा प्रशिक्षण दिइने छ । जोन चियर पर्सनलाई संस्थापक डिष्ट्रिक्ट डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्नबज्रचार्य र निर्वाचित गभर्नर एक नाराय०ा शर्माले  प्रशिक्षण दिनुहुने छ । रिजन चियर पर्सलाई डिष्ट्रिक्ट गभर्नर सुमन भट्ट क्षेत्रीले प्रशिक्षण दिनुहुने छ । यसै गरी जिएसटी , जीएमटी , जीएलटी , जीएटी,  जीइटी र जीएटी लायन लिडरहरुलाई  निर्वाचित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन तारा भुसाल र निर्वाचित द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन तेजनारायण पराजुलीले प्रशिक्षण दिने कार्यक्रम रहेको बर्तमान चिफ एड्भाइजर लायन बाबुराम अधिकारीले जानकारी दिनु भयो ।

यसै गरी निवर्तमान डिष्ट्रिक्ट गभर्नर पर्मेश्वर बराल , एरिया सम्योजक राजन लम्साल, पूर्व अन्तराष्ट्रिय निर्देशक सन्जय खेतान, अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिनु भयो ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लायन वर्ष २०२५÷२६ का निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन एकनारायण शर्माले सफलताका लागि एकता भन्ने नाराका साथ जुलाई महिना देखि सुरु हुने आफ्नो कार्यकालमा गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । दुई दिन सम्म आवासिय रुपमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० गते बिहान योग शिक्षक लायन झम्कनाथ पोखरेलद्धारा योगध्यान सिकाईने कार्यक्रम समेत रहेको क्याबिनेट चिफ पि आर ओ लायन केशब पौडेलले जानकारी दिनु भयो ।
काठमाडौं, गोर्खा, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १५५ जना भन्दा बढी लायन लिडरहरुको प्रशिक्षण कार्यक्रममा सहभागीता रहने आयोजकले जनाएको छ । नेपालमा हाल लायन्स इन्टरनेसनलका १५ वटा डिष्ट्रिक्ट छन् भने डिष्ट्रिक्ट ३२५ एलमा १ सय १२ वटा क्लबहरु रहेका छन् ।